back
NMB ad

बाबा रामदेवको नयाँ उत्पादन बजारमा आउँदै, पाउने भए ५ करोडभन्दा बढीले रोजगारी !

Kumari bank ad

काठमाण्डौं ।  बाबा रामदेवले पूजापाठका लागि प्रयोग हुने सामानको उत्पादन बजारमा ल्याउन लगाएका रिपोर्ट सार्वजनिक भएको छ । यही क्रममा रामदेवको पतञ्जली आयुर्वेदले बजारमा ‘पतञ्जली आस्था’को नामबाट नयाँ ब्राण्ड ल्याउने तयारी थालेको छ ।

यो ब्राण्डको नामबाट आगामी दीपावलीअघि १ सय भन्दा धेरै प्रोडक्टहरु बजारमा ल्याउने तयारी भइरहेको हो । पूजापाठमा प्रयोग हुने प्रोडक्टको माध्यमबाट बाबा रामदेवले ५ करोडभन्दा बढी मानिसलाई रोजगारी दिने योजना समेत बनाएका छन् ।

पतञ्जलीका प्रवक्ता एसके तिजारवालाले ‘पतञ्जली आस्था’ ब्राण्डको नामबाट पूजापाठमा प्रयोग हुने प्रोडक्टहरु बजारमा ल्याइनेछ । यसमा पूजामा प्रयोग हुने सबै खालका प्रोडक्टहरु रहनेछन् । अगरबत्ती, धूप बत्ती, चन्दन, तिलक, हवन सामाग्री, दियो, थाली जस्ता सामानहरु सो ब्राण्डबाट बजारमा आउनेछन् । पतञ्जलीको अगरबत्ती र हवन सामाग्री चाहि यसअघि नै बजारमा आइसकेको छ । बाँकी सबै प्रोडक्टहरु अबको दुई महिनाभित्रमा बजारमा आइसक्ने बताइएको छ । यी प्रोडक्टहरु अनलाइनबाट समेत बिक्री गर्ने योजना बनाइएको छ ।

तिजारवालाका अनुसार ‘पतञ्जली आस्था’को सबै प्रोडक्ट पूर्ण रुपमा प्राकृतिक र वातावरणमैत्री हुनेछन् । यी कुनै प्रोडक्टमा कुनै पनि प्रकारको हानीकारक केमिकल प्रयोग गरिने छैन ।

तिहारअघि बजारमा
पतञ्जलीले तिहारअघि नै पूजापाठका सबै प्रोडक्टहरु बजारका स्टोरहरुमा जम्मा गरिसक्ने योजना बनाएको छ । यसका लागि आगामी केही दिनभित्रै यसको बजार रणनीति बनाइनेछ । तिहारसम्म यी प्रोडक्टहरु भारतभरि र नेपालमा समेत वितरण गर्ने योजना बनाइएको छ । पतञ्जली स्टोर बाहेक भारत र नेपालका साना–साना स्टोरहरुमा समेत यी सामान पाउने गरी तयारी थालिएको बताइएको छ ।

प्रकाशितः २०७३ भदौ ११

वि.सं.२०७३ भदौ ११ शनिवार १२:४१ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...