back
NMB ad

चितवनलाई औद्योगिक नगरी बनाउने त प्रधानमन्त्री ज्यू ?

Kumari bank ad

काठमाडौ । पुष्पकमल दाहाल प्रचण्डले कुनै समय चितवनलाई राजधानी बनाउने भनेर केहि वर्ष पहिले व्यापक चर्चा बटुले । अहिले उनी चितवनलाई औधोगिक नगरी बनाउँ भनेर लागेका छन् ।

चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेपछि उनले व्यवसायीलाई उक्त आश्वासन दिएका हुन् ।

चितवन उद्योग सङ्घका प्रतिनिधिले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न र त्यसको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।

शक्तिखोरमा हाल दुई हजार ५०० बिगाहा जग्गा रहेको भन्दै प्रतिनिधिमण्डलले जग्गाको संरक्षण एवम् औद्योगिक क्षेत्रको विकास एवम् आर्थिक समृद्धिका लागि उपयुक्त थलो रहेको बताए ।

प्रतिनिधिमण्डलले चितवनमा औद्योगिक प्रदर्शनी केन्द्र स्थापनामा पनि सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलको आग्रहपछि प्रधानमन्त्री दाहालले चितवनलाई औद्योगिक नगरी बनाउने विषय रणनीतिक महत्वको विषय भएकाले त्यसलाई पूर्ण सहयोगका साथ अगाडि बढाउन आफू तयार रहेको बताएका थिए ।
प्रधानमन्त्रीले चितवन जिल्लाको विकास निर्माण र आर्थिक गतिविधि बढाउन सरकारको तर्फबाट आफुले गर्ने निर्णय पर्खन भनेका छन् ।

प्रकाशित मिति : २०७३ भदौ ११

वि.सं.२०७३ भदौ ११ शनिवार १७:१४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...