back
NMB ad

नियुक्त हुनासाथ पर्यटन मन्त्रीहरु विमानस्थल किन पुग्छन् ?

Kumari bank ad

काठमाडौ । पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले आफ्नो मन्त्रीको कार्यकालमा कामको सुरुवात एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे । उनले ९ महिनाको कार्यकालमा आफुले सुधार्नै नसकेको क्षेत्र एयरपोर्ट रहेको सार्वजनिक कार्यक्रममै बताए ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेर कार्यको सुरुवात गरेका छन् ।  मन्त्रीको पदभार ग्रहण गर्दा एक साताभित्र विमानस्थलमा सुधार गर्न निर्देशन दिएका मन्त्री झिसमिसे बिहानी पारेर अनुगमनका लागि एयरपोर्ट पुगे । अनुगमनकाक्रममा मन्त्री शाहीले विमानस्थलको उडान कक्ष, प्रतीक्षालय, शौचालय, लगेज व्यवस्थापनलगायतको निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा पर्यटनमन्त्रीले हालको सुधारको कार्यलाई थप प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

वास्तवमा विमानस्थभित्र प्रारम्भिक चरणमा निम्न विषयहरुमा सुधार गर्नुपर्ने खाँचो छ । एयरपोर्टका श्रमिकहरुले बताएअनुसार :-

१) विमानबाट झरेदेखि ट्याक्सी चढ्ने बेलासम्म जो कसैले सहज महशुस गर्ने अवस्था छैन कमसेकम पनि अन्तर्राष्ट्रिय विमानस्थलजस्तो देखिने बनाउनुपर्यो ।
२) टर्मीनल भवनमा लगेज लिनका लागि घन्टांै कुर्नुपर्ने र भिडभाड हुने अवस्थाको अन्त्य गर्नुपर्यो ।
३) जथाभावीरुपमा पशुपंक्षि कुकुर, बाँदरको प्रवेश भईरहेको छ त्यसको रोकथामका उपाय अबलम्बन गर्नुपर्यो ।
४) धावन मार्गको सुधार गर्नुपर्यो ।
५) सहजरुपमा सूचना आदानप्रदानको व्यवस्था हुनुपर्यो ।
६) इमिग्रेशनबाट छिटो छरितो रुपमा कार्य ब्यवस्थापन हुनुपर्यो ।
७) पार्किङको ब्यबस्थापन, विशेषत हरियो प्लेट भएका ट्याक्सीको सिन्डिकेटको अन्त्य हुनु पर्यो, दर रेट, मिटर अनुसार यात्रा गर्न पाइने व्यवस्था हुनुपर्यो ।
८) काम गर्नेहरुलाई भन्दा बाहिरी र काम नगर्नेलाई हबाइ प्राधिकरणको पास वितरण गरिएको कर्मचारी कामदारको गुनासो छ त्यसको छानबीन हुनुपर्यो ।
९) नेपाल एयरलाइन्समा भएको टिकट सहुलियत देखि सामान खरिदमा छान बिन गनुपर्ने ।
१०) ट्रलीको सहज उपलब्धता र व्यवस्थापनमा ध्यान दिनुपर्यो ।
११) सरसफाईमा विशेष ध्यान दिने वातावरण बनाउनुपर्यो ।
१२) श्रमिकलाई उत्प्रेरित नगरेसम्म एयरपोर्टको कार्य प्रभावकारी नहुने भएकाले कानुन संगत रुपमा उनीहरुको व्यवस्थापनमा जोड दिनुपर्यो ।

एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रका बेतिथीलाई समयमै अन्त्य गरेर नेपालको छवीलाई उँचो पार्नुपर्छ भन्ने अभियानका साथ सुधारमुलक कार्यक्रम गरेमा मात्र मन्त्री भएर एयरपोर्टको अनुगमन गरेको उचित ठहर्छ ।

प्रकाशित मिति : २०७३ भदौ १३

वि.सं.२०७३ भदौ १३ सोमवार १९:३० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...