back
NMB ad

स्थानीय तहको पुनर्संरचनामा आदिवासीको स्थान

Kumari bank ad

भोजपुर | स्थानीय तहको पुनर्सरचना गरिँदा आदिवासी जनजातिहरुले परिकल्पना गरे अनुसारको बिशेष क्षेत्र, स्वायत्त र संरक्षित क्षेत्र नबन्ने स्थिति देखिएको छ । ‘संविधानमा स्वायत्त क्षेत्र लेखिएको छ, तर यसको कुनै परिभाषा छैन ।’ तत्कालीन संविधान सभाका सदस्य तथा नेकपा माअ‍ेबादी केन्द्रका पोलिटव्युरो सदस्य गोपाल किराँतीले भने–संविधानमा परिभाषा नभएता पनि कानुन बनाएर गर्न सकिने स्थान छ, तर परिणाम सकारात्मकता तिर गएको छैन ।

दुर्गममा बिशेष क्षेत्र

तर सरकारले गाउँपालिका वा नगरपालिकालाई नै स्वायत्त, विशेष र संरक्षित क्षेत्र बनाउन लागेको छ । ‘संविधानमा यो बेग्लै संरचनाको रुपमा संकेत गरे पनि अधिकारको सूचि नभएकाले स्थानीय तहलाई नै बिशेष क्षेत्र घोषणा गर्ने सिफारिस गर्ने छौ ।’ गाउँपालिका, नगरपालिका, बिशेष क्षेत्र, संरक्षित क्षेत्र, र स्वायत्त क्षेत्रको संख्या निर्धारण तथा सिमांकन गर्न गठित आयोगका अध्यक्ष बालानन्द पौडेलले भने – हामीलाई नेपाल सरकारले दिएको मापदण्डमा जे तोकेको छ, त्यस्तै हुने हो । संविधानले नै आर्थिक र सामाजिक क्षेत्रमा पछि परेका र भौगोलीक कठिनाईयुक्त दुर्गम क्षेत्र र समुदायलाई समेटेर बनाईएका गाउँपालिका वा नगरपालिका विशेष क्षेत्रको रुपमा प्रस्ताव गर्न सकिने भनिएको छ । यसैका आधारमा विशेष क्षेत्र हुन्छ ।

सीमान्त बस्तीमा संरक्षित

पौडेलका अनुसार अल्पसख्यक, लोपन्मुख र अतिसिमान्तकृति समुदाय र साँस्कृतिक क्षेत्रलाई समेटेर बनाईएको गाउँपालिका र नगरपालिकालाई संरक्षित क्षेत्र बनाईने छ । उनले यसलाई स्पष्ट पार्दै भने– जाति वा समुदाय, भाषा, संस्कृति भएका समुदायको सघन उपस्थिति भएको क्षेत्रलाई समेटेर बनाएको गाउँपालिका र नगरपालिकालाई स्वायत्त क्षेत्र बनाइन्छ । गाउँपालिका र नगरपालिका भित्र यो विशेषता भएकालाई छुट्याई दिने काम अयोगको हो ।

नेपालको संविधान, २०७२ मा स्थानीय तहको सरकारका रुपमा गाउँपालिका, नगरपालिका र जिल्ला तहमा जिल्ला सभा रहने व्यबस्था छ । केन्द्रीय तहमा संघीय, सात भौगोलिक क्षेत्रमा प्रदेश र तल्लो तहमा स्थानीय सरकार र व्यबस्थापिकाको परिकल्पना संविधानले गरेको छ । स्थानीय तहमा हाल कायम रहेको गाविस र नगरपालिकाको सट्टामा गाउँपालिका र नगरपालिका अनि बिशेष क्षेत्र, संरक्षित क्षेत्र, र स्वायत्त क्षेत्र बनाउने संबैधानिक व्इबस्था नुसार नै आयोगले काम थालेको छ ।

मापदण्ड नै त्यस्तो

आयोगको काम भनेको गाउँपालिका तथा नगरपालिकाको संख्या र सिमाना तोक्ने हो । आयोगका अध्यक्ष पौडेलले भने ‘मापदण्ड चाहि नेपाल सरकारले नै तोक्ने भनेर संविधानमा नै लेखिएको छ । त्यो मापदण्ड नेपाल सरकारले हामीलाई दिइसकेको छ । अयोगले मापदण्ड हामी उलंघन गर्न सक्दैनौ ।’ आयोगलाई दिईएको मापदण्डमा जनसंख्या र भूगोलको आधारमा, वडा, जिल्ला, प्रदेशको सिमाना तोकिनु पर्ने उल्लेख छ । त्यस अनुसार गाविसको हकमा ५ देखि २१ वडा र नगरपालिकामा ९ देखि ३५सम्म वडा हुने हुने संभावना छ ।

वडा बिभाजनमा समस्या

आयोगलाई दिईएको कार्य जिम्मेवारी (टीओआर)मा वडा विभाजन गर्न नपाईने शर्त समस्या भएको आयोगका पदाधिकारीहरु बताउँछन् । ‘अहिलेको स्थानीय तहको संरचनामा वडाको सीमाना छरिएका छन् । वडाले समूदाय र भौगोलिक निरन्तरतामा पनि समस्या परेको देखिन्छ ।’ आयोगका अध्यक्ष पौडेलको बिचारमा सरकारले बनाएको मापदण्डमा वडा विभाजन नगर्नु भन्ने बाक्य संशोधन गर्नु पर्ने हुन्छ ।

पहिचानलाई बेवास्था

आदिवासी अधिकारकर्मी पर्शुराम तामाङ स्थानीय तहको पुनर्सरचना गर्दा पहिचानलाई मान्यता दिनु पर्नेमा बेवास्था हुन लागेकोमा चिन्ता व्यक्त गर्छन् । राज्य पुनर्सरचनाको मूल मान्यतामा रहेर स्थानीय तहको पनि पुनर्सरचना गरिनु पर्दछ । तामाङको भनाई छ ‘अहिलको गाउँ र नगरको सिमाना खारेज गरेर काम सुरु गरेमा मात्र स्थानीय तहमा पहिचान सहितको नयाँ खाका प्राप्त हुनु सक्छ । आयोगले नयाँ ढङगले कोसिस गर्नु पर्ने हुन्छ । यदि यो हुन सकेन भने समस्याको समाधान हुन सक्दैन ।’ उनको बिचारमा कुनै पनि जातीय र भाषिक समुदाय एक स्थानीय तहमा कायम राख्नु पर्ने हुन्छ । यस्तो भएन भने त्यो पुनर्सरचना हुँदेन ।

तर आयोग अध्यक्ष पौडेलले गाउँपालिका र नगरपालिकाको अधिकार सूचि तोके पनि बिशेष क्षेत्र, संरक्षित क्षेत्र, र स्वायत्त क्षेत्रको अधिकार सूचि संविधानमा नभएका कारण यी क्षेत्रहरु स्थानीय तहजस्तै गाउँपालिका र नगरपालिका हुने जिककिर गरे ।

अवधारणा हेर्नु प¥यो

स्थानीय तहको पुनर्सरचना गरिँदा तत्कालीन संविधान सभाको अवधारणा हेर्नका लागि माओबादी केन्द्रका नेता किरातीले आग्रह गरे । ‘बिघटित पहिलो संविधान सभाले पहिचानका आधारमा राज्यको पुनर्सरचना गर्ने अवधारणा तयार गर्दा प्रादेशिक संरचना बाहेक बिशेष, स्वायत्त र संरक्षित क्षेत्रको अवधारणा ल्याएको स्मरण गराउन चाहान्छु । उनले थपे– विशेष संरचना अन्तर्गतको कुरा गर्दा चेपाङ समुदायलाई उपुक्त हुने हाम्रो मान्यता थियो । त्यसै गरी याक्खा, धिमाल, माझी, सुनुवारलगायतको स्वायत्त क्षेत्र र राउटेका लागि संरक्षित क्षेत्र हुने हाम्रो परिकल्पना थियो ।’

खोई संघीय कानुन

अति सिमान्तीकृत समूदायलाई समेट्ने राज्य संरचनाका रुपमा बिशेष, स्वायत्त तथा संरक्षित प्रदेश आए पनि संघीय कानुनको आवश्यकता पर्ने आयोगका अध्यक्ष पौडेलको राय छ । नेपालको संविधान, २०७२को धारा ५६ को ५ मा संघिय कानुन बमोजिम सामाजिक, संस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र कायम गर्न सकिने भनेको छ । त्यसकारण संघिय कानुन बने पछि मात्र बिशेष क्षेत्रको टुंगो लाग्ने उनले बताए ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

२० भदौ २०७३

वि.सं.२०७३ भदौ २१ मंगलवार १८:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...