back

तरकारीको आपूर्ति ठप्प पार्ने व्यवसायीको यो कस्तो चेतावनी ?

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । बन्द हड्तालका बेला तरकारी तथा फलफुल आयात गर्ने सवारीलाई निर्बाध संचालन गर्न पाउनुपर्ने लगायतका माग गर्दै आएका व्यवसायी आफैंले आपूर्ति नै ठप्प पार्ने धम्की दिंदै सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

कृषि उपज तरकारी तथा फलफुललाई अत्यावश्यक वस्तुमा सूचिकृत गरि तरकारी तथा फलफुल ढुवानी साधनहरुको लागि छुटै नम्बर प्लेट राखी निर्वाध रुपमा आवतजावत गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने लगायत १४ बुँदे माग भर्खरै प्रधानमन्त्रीलाई बुझाएका उनीहरुले तरकारी तथा फलफुलको आपूर्ति ठप्प पारि सडक आन्दोलनमा आउँछु भन्दै कुर्लनुले व्यवसायीक संस्कार माथि नै प्रश्नचिन्ह लागेको छ ।

निजि क्षेत्रबाट सञ्चालित तरकारी तथा फलफुल व्यवसायीहरु राज्यले सहयोग नगरेको भन्दै आक्रोसित देखिन्छन् । राज्यले आफुहरुका माग सम्बोधन नगरे तरकारी तथा फलफुलको सम्पूर्ण आपूर्ति समेत ठप्प पारि सडक आन्दोलनमा उत्रने उनीहरुको अहिलेको चेतावनी हो । तर कारोबार नै ठप्प पारेर त्यसको बढि मार कसलाई पर्नेछ भन्नेबारे पनि व्यवसायीले हेक्का राख्न जरुरी छ । व्यवसाय व्यवस्थित पार्ने नाममा उपभोक्तालाई मार पार्न पाईन्न ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने,ʽनिजि क्षेत्रबाट सञ्चालित फलफुल तथा तरकारी व्यवसायीलाई मर्यादित र जिम्मेवार बनाउन छुटै ऐन बनाउन पटक–पटक माग गरियो । तर केही व्यक्तिहरुको चलखेल र आर्थिक कमिशनका कारण ऐन नबनाउने षडयन्त्र भइरहेको छ । निजि व्यवसायीलाई धरासायी बनाउन ऐन नै आउन नदिने षडयन्त्र रचिएको छ । राज्यले ऐन ल्याउन ढिलाई गरे व्यवसाय नै बन्द गरि सडक आन्दोलनमा आउँछौं ।ʼ
आफैंले अत्यावश्यक सुचिमा राखेको तरकारी तथा फलफुलको आपूर्ति नै ठप्प पारेर आन्दोलन गर्छु भन्ने घिमिरेले आन्दोलनको विरुद्ध सर्वसाधारणहरु उत्रिए भने त्यसको जिम्मेवार को हुने भन्ने तर्फ पनि हेक्का राख्न जरुरी छ ।

fruits-funny-strike-vegetablesऐन ल्याउन नदिने को भन्ने पहिचान भए त्यसलाई सार्वजनिक गर्ने हिम्मत राख्न किन सक्दैनन् ? आर्थिक चलखेलमा लाग्नेहरु र षड्यन्त्रमा उत्रनेहरुलाई किन किटान गरेर भनिंदैन ।

हुन त कानून अभावका कारण देशै भरीका कृषि उपज बजार सञ्चालनमा समस्या भएको र विगत लामो समयदेखि मस्यौदाको रुपमा रहेको कृषि उपज बजार ऐन जारी हुन सकेको छैन । उक्त ऐन जारी गराउने नाममा बजार नै ठप्प पार्ने व्यवसायीको चेतावनी व्यवहार संगत देखिन्न । बजारमा तरकारी तथा फलफुल दिनानुदिन महंगो बन्दा एक शब्द नबोल्ने व्यवसायीलाई कमिशन, नाफा भएमात्रै पुग्ने हो त ? एक उपभोक्ताले यहि प्रश्न गर्न चाहन्छ ।

व्यवसायलाई व्यवस्थित पार्ने नाममा अत्यावश्यक तरकारी तथा फलफुलको आपूर्ति बन्द गर्छु भन्ने होईन, बन्दको विकल्पको खोजी गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मितिः २०७३ भदौ २३

वि.सं.२०७३ भदौ २३ बिहीवार १९:५६ मा प्रकाशित

You can share this post!

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा    

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:४३

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...