back
Kumari Bank

प्रधानमन्त्रीको भारत भ्रमणबाट धेरै आशा र अपेक्षा छैन: अर्थविद्

Nepal Bank

काठमाडौ । यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले राजनीति तातेको छ । राजनीतिक क्षेत्र होस् या आर्थिक क्षेत्र सबै तिरबाट प्रधानमन्त्री दाहाललाई राष्ट्रहित विपरितका सम्झौता नगर्न सुझाव दिइरहेको अवस्था छ । र यसैक्रममा अर्थविद्ले दाहाललाई आफ्नो भारत भ्रमण आर्थिक विषयमा केन्द्रित बनाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री दाहालका आर्थिक सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारतबीच राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकाले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध स्वतः सुढृढ हुने बताए ।

उनले भने, “प्रधानमन्त्रीको यो सद्भाव भ्रमण हो, यसवाट धेरै आशा र अपेक्षा गर्नु राम्रो होइन ।”

सल्लाहकार पौडेलले प्रधानमन्त्रीको भ्रमणमा लगानी भित्र्याउनेबारेमा विशेष कुरा हुने विश्वास व्यक्त गरे । उनले नेपाल–भारत सम्बन्धमा बहुआयामिक पक्ष रहेको उल्लेख गर्दै द्विपक्षीय हितलाई केन्द्रविन्दुमा राखेर सम्बन्ध अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए ।

अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा शङ्कर शर्माले भारत सरकारले सहयोग गरेको परियोजनालाई चाँडो सम्पन्न गरे मात्र नेपालमा थप लगानी भित्रिन सक्ने बताए । उनले भने, “भारतले सहयोग गर्छु भनेको हुलाकी मार्ग, पञ्चेश्वरलगायत आयोजनालाई अगाडि बढाउनेबारेमा छलफल चलाउनुपर्छ ।”

अर्थविद् डा विश्वम्भर प्याकुरेलले द्विपक्षीय सम्बन्धलाई आर्थिक विकास साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे । उनले नेपालमा उत्पादित वस्तुलाई निर्यातमा जोड दिएमात्र व्यापार घाटा कम हुने बताए ।

पराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरका रुपमा प्रधानमन्त्रीको भारत भ्रमणलाई लिनुपर्ने भन्दै “भारतले नेपालमा गरेको लगानीलाई बचाएर थप लगानी भित्र्याउनुपर्छ” उनले भने ।

भारतका लागि नेपालका पूर्व राजदुत डा दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आर्थिक साझेदारी, व्यापार, ऊर्जालगायत विषयमा जोड दिनुपर्ने बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुई देशबीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको हुँदा यसलाई आधार मानेर फाइदा लिनुपर्ने बिचार व्यक्त गरेका थिए ।

प्रकाशित मितिः२०७३ भदौ २८

वि.सं.२०७३ भदौ २८ मंगलवार २०:५२ मा प्रकाशित

You can share this post!

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

वि.सं.२०८२ असार १५ आइतवार २१:१०

भीष्मराज ओझा काठमाडौँ :  प्रतिनिधिसभाको आजको बैठकबाट बहुप्रतिक्षित ‘सङ्घीय निजामती...

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

वि.सं.२०८२ असार १५ आइतवार २१:०२

काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने अनुमति पाएको...

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

वि.सं.२०८२ असार १५ आइतवार २०:५६

काठमाडौँ : उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...

कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक   

कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक   

वि.सं.२०८२ असार १५ आइतवार २०:४४

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट...

सिनामङ्गल डिपो स्थानान्तरणः डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ   

सिनामङ्गल डिपो स्थानान्तरणः डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ   

वि.सं.२०८२ असार १५ आइतवार २०:३९

काठमाडौँ :  जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई...

भ्याट पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण   

भ्याट पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण   

वि.सं.२०८२ असार १५ आइतवार १८:२८

काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा...