
उदयपुर । लगातारको पहिरोका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको हर्देनी–२ ठाँटीस्थित लप्सेमा तीन दिनदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । निरन्तर पहिरो झरेपछि सडक सञ्चालनमा ल्याउन समस्या भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । पहिरो हटाउन सडक डिभिजन कार्यालय लहान र प्रहरी सक्रिय रहेपनि पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
तीन दिनदेखि सडक अवरुद्ध हुँदा सयौँको सङ्ख्यामा यातायातका साधन हर्देनी क्षेत्रमा नै रोकिएका छन् ।
प्रकाशित मितिः २०७३ असोज ८
वि.सं.२०७३ असोज ८ शनिवार १५:४६ मा प्रकाशित