back
Kumari Bank

मुड चेञ्ज गर्नुहोस्, किनकी दशैं सुरु भइसक्यो !

Nepal Bank

चिन्तित हुनुहुन्छ भने अब मुड चेञ्ज गर्नुहोस् । किनकी दशैं शुरु भइसक्यो । दशैं भनेको रमाइलो गर्ने चाड हो, चिन्ता गर्ने चाड होइन । तर, दशैं कसरी मनाउने त ? दशैं मनाउने सबैको आ–आफ्नो अलग–अलग तरीका हुन सक्छ । तै पनि यसपालिको दशैंलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने केही उपाय यहाँ प्रस्तुत छन् :

मदिराले नुहाउनुहोस् : नवरात्रिभरि पूजा गरेर हरेक दिन बागमतीको शुद्ध पानीले नुहाउने चलन पुरानो भयो । धाराको पानीले पनि के नुहाउनु ? मिनरल वाटरले त झन् कुरै आएन । त्यसैले अब पानीको सट्टा मदिराले नुहाउन थाल्नुपर्छ । त्यही भएर चार दर्जन मदिरा कम्पनीले नपुगेर सरकारले हालै अरु थुप्रै दर्जन मदिरा उत्पादन गर्ने कम्पनीहरुलाई लाइसेन्स दिन शुरु गरेको छ । पानीको हाहाकार भएर के भो र ? आधुनिक नेपालीलाई रक्सी, बियरले नै नुहाउने सरकारले राम्रो अवसर जुटाइदिएको छ । सडकमा ट्राफिकले मापसे चेक गर्ने चिन्तै नगर्नुहोस् । किनकी ट्राफिक पनि दशैंको मुडमा गइसक्यो ।

घरलाई जुवाघर बनाउनुहोस् : चाडबाडले घरको बैठक कोठालाई जुवाघरमा परिणत गर्न मद्दत गर्दछ । माओवादी नेतृत्वको सरकारले देशमा क्रान्ति गरेर लोडशेडिङ दैनिक १८ घण्टाबाट १२ घण्टामा झारेको खुशियाली पनि मनाउनु छ । पिउने, जुवा खेल्ने र ग्याङ फाइटजस्ता अतिरिक्त क्रियाकलापलाई प्रवद्र्धन गर्नमा यसले अवश्य पनि महत्वपूर्ण भूमिका खेल्छ । फ्लास, म्यारिज, कल ब्रेकजस्ता बौद्धिक र आर्थिक खेलकूदलाई बढावा दिन सरकारले हप्तामा दुईदिने बिदा दिने योजना ल्याइसकेकै छ । त्यति खेल खेलेर पनि नपुग्ने सम्पन्न खेलप्रेमी नेपाली बौद्धिक र आर्थिक हुनुहुन्छ भने तपाईंका लागि माओवादी संरक्षित क्यासिनोहरु सधैं खुलै रहनेछन्, जहाँ दशैं कहिल्यै खत्तम हुने गरेको छैन ।

हल्ली खल्ली मच्चाउनुहोस् : पहिले–पहिले दशैंमा भजन कीर्तन गाएर, नाचेर हल्ला गरिन्थ्यो । त्यो पुरानो भइसक्यो । यो आधुनिक जमानामा साँच्चै दशैं आएको जनाऊ दिनका लागि साथी–भाइ जम्मा पारेर फुल भोल्युममा रक वा पप म्यूजिक बजाएर घरलाई नै डिस्कोथेक बनाउनुहोस् ता कि छिमेकीहरुले पनि सित्तैमा यसको मज्जा लिन सकून् ।

उपहार र छूटको लहर समाउनुहोस् : हिजोआज दशैंमा प्रत्येक सामान खरीद गर्दा छूट पाइन थालेको छ । जस्तै, घर किन्दा घरै उपहार, कार किन्दा कार वा बाइक सित्तैमा आदि । यी छूट र उपहार लिन नछुटाउनुहोस् । किनकी घरमा केटाकेटी छन् भने यसरी छूटमा आएको घर वा कार उनीहरुलाई पनि काम लाग्न सक्छ । ती सामानहरु खरीद गर्न पैसा छैन भने पनि चिन्ता छैन, बैङ्कले ऋण दिन्छन् । बैङ्कले ऋण नदिए पनि यत्तिका सहकारी वा ढुकुटी खेलाउनेहरु छँदै छन् नि ।

लगानी गर्नुहोस् : थोरै लगानीले नै भविष्यमा राम्रो प्रतिफल दिने मौका दशैंजस्ता चाडबाडले प्रदान गरिरहेको हुन्छ । त्यसैले सरकारी अधिकारी, राजनीतिक नेता, अण्डरवल्र्ड डन तथा भविष्यमा काम लाग्ने अरुहरुलाई पनि ‘गिफ्ट हेम्पर’, स्कच बोतल वा त्यस्तै केही पठाउनुहोस् । चाडबाडमा दिएको यस्तो उपहारलाई घुस भनिँदैन । यो त एक प्रकारको लगानी पो हुन्छ त ।

मस्त रहनुहोस् :महँगीका कारण ऋणमा परेको कुरा बिर्सनुहोस् । महँगी विश्वव्यापी समस्या हो । चाडबाड भनेको खाने, पिउने र मस्त हुने हो । त्यसैले बरु चिल्ड बियर वा ह्विस्की अन द रक्स पिउँदै दिमाख ठण्डा बनाउनुहोस् अनि पूर्ण मस्त भएर दशैं मनाउन शुरु गरिहाल्नुहोस् ।

– मदन लम्साल, आर्थिक अभियान दैनिक ।

वि.सं.२०७३ असोज २३ आइतवार १६:४० मा प्रकाशित

You can share this post!

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा   

वि.सं.२०८२ असार ११ बुधवार १७:४९

कमलकुमार बस्नेत काठमाडौँ : बिबिसी मास्टर सेफ सन्तोष साह आगामी...

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार ११ बुधवार १७:४१

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका...

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

विश्व बैंकद्वारा लेबनान पुनर्निर्माणका लागि २५ करोड डलरको घोषणा   

वि.सं.२०८२ असार ११ बुधवार १७:३०

बेरुत : विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे   

वि.सं.२०८२ असार ११ बुधवार १७:२२

सिमकोट, (हुम्ला) : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

वि.सं.२०८२ असार ११ बुधवार १७:१५

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभाले...

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय   

वि.सं.२०८२ असार ११ बुधवार १७:०७

काठमाडौँ : सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र...