
काठमाडौं । चन्द्रागिरि केबलकारको टिकट उपत्यकाभित्रका २४ आईएमई सेन्टरबाट लिन सकिने व्यवस्था मिलाईएको छ । दशैंको विदामा चन्द्रागिरिमा बढ्दो चापसँगै टिकटकै लागिलाईन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आम सेवाग्राहीको सेवाकालागि यस्तो सेवाउपलब्ध गराईएको आइएमइले जनाएको छ । आईएमई सेन्टरहरुले नेपाली नागरिकहरुलाई मात्र टिकट विक्री गर्न सक्ने जनाएको छ । यसरी विक्री भएका टिकटको वैधता तीन महिनासम्म मात्र हुने उल्लेख छ । उपत्यका भित्रका आईएमई सेन्टरको पूर्ण विवरण चन्द्रागिरि हिल्स लिमिटेडको आधिकारीक वेभसाईटमा उपलब्ध रहेको पब्लिक रिलेशनम्यानेजर राजु पौडेलले बताए ।
२९ असोज २०७३
वि.सं.२०७३ असोज २९ शनिवार ०८:३१ मा प्रकाशित