back
mega bank Ad
Hero Ad

यो कस्तो सेवा हो राष्ट्रिय वाणिज्य बैंकको ? बोर्ड छ सेवा छैन…

बेनी। राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा बोर्ड राखिएको छ, तर सुविधा भने शून्य छ । द्वन्द्वकालमा विस्थापित बनेको दरवाङ शाखा पुनःस्थापना गर्नुअघि वाणिज्य बैंकले शाखारहित बैकिङ् सुविधा उपलब्ध गराउन स्थानीय ओम पुनलाई आधिकारिक जिम्मेवारी दिएको थियो । तर, पुनले शाखाको ‘उद्घाटन’ नभएको भन्दै काम नगरेपछि सो क्षेत्रका सेवाग्राही मारमा परेका छन् ।

उद्योग वाणिज्य सङ्घ दरवाङ इकाइका अध्यक्ष मोतीराज उपाध्याय गौतमले शाखारहित बैकिङ सुविधामा धेरै सेवा पाइने भए पनि दरवाङबाट त्यो पाउन नसकेको बताए । उक्त शाखा पुनःस्थापना गर्न दरवाङ क्षेत्रका उद्योगी व्यवसायीले जिल्लास्थित सरोकारवाला निकायलाई निरन्तर माग गर्दै आएका छन् ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको दरवाङका व्यवसायीले शाखा पुनःस्थापनाका लागि वार्षिक आठ करोडदेखि १० करोडसम्म निक्षेप सङ्कलन गर्ने प्रतिबद्धता जनाएका थिए । वाणिज्य बैंक म्याग्दी शाखाका प्रबन्धक धुव्रराज पनेरुले आफू आउनु पूर्व नै दरवाङमा पुनलाई जिम्मेवारी दिइएको बताए ।

प्रकाशित मितिः २०७३ कार्तिक २

वि.सं.२०७३ कात्तिक २ मंगलवार १७:५१ मा प्रकाशित

You can share this post!

थप दुई लघुवित्तसहित  तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:१०

काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:५६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी...

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४८

काठमाडौं ।  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र...

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४३

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं...

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:३४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य...