back
NMB ad

आईएमईग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्ला

Kumari bank ad

काठमाडौ । राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”का लागि आवेदन आह्वान गरेको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीबाट प्राप्त हुने आउने सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकद्धारा जारी विज्ञप्तीअनुसार ईच्छुक विधार्थीले यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिस सहित यही कार्तिक ३ देखि कार्तिक ३०, २०७३ सम्ममा आवेदन दिनुपर्ने छ । फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आईएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरुमार्फत् वा हाम्रो ईमेल ठेगाना ……मा पठाउन सकिनेछ ।
निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गरि छनौट गर्ने बैंकले जनाएको छ ।

शैक्षिक सत्र २०७२ देखि संचालनमा आएको आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृतिका लागि गत शैक्षिक सत्रमा प्राप्त आवेदनले उत्साहित तुल्याएको भन्दै यस शैक्षिक सत्रमा पनि उल्लेख्य संख्यामा आवेदन प्राप्त हुने बैंकको विश्वास रहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकले संयुक्तरुपमा यी योजना अगाडि बढाउँदै आएका छन् ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार १३:४६ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...