
काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र एक बैंकले आफ्ना सेयर धनीहरुलाई लाभांश र बोनस सेयरको प्रस्ताव गरेका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनी र प्राइम बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट यस्तो प्रस्ताव ल्याएका हुन् ।
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। कम्पनीले यसमध्ये २० प्रतिशत वोनस सेयर दिने भएको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस नियामक निकाय बिमा समितिबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले गत आर्थिक बर्ष १८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको अहिले चुक्ता पुँजी ३७ करोड ३७ लाख रुपैयाँ छ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले २४.२१ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। बैंकले २३ प्रतिशत वोनस सेयर प्रस्ताव गरेको हो । बैंकले राष्ट्र बैंकबाट स्वीकृती पाउन बाँकी छ। आगामी साधारणसभाबाट लाभांस पारित भएपछि लगानीकर्ताले लाभांस पाउने छन् । बैंकले गत बर्ष एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ। अहिले बैंकको चुक्ता पुँजी तीन अर्ब ७० करोड रुपैयाँ छ । २३ प्रतिशत वोनस सेयरपछि पुँजीमा ८५ करोड रुपैयाँ थपिने छ।
१० कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक १० बुधवार ११:१९ मा प्रकाशित