
काठमाण्डौं । आज सेयर बजारको सूचकमा सुधार आएर २.४६ अंकको बृद्धि देखिएको छ । लगातार दोहोरो अंकले झरिरहेको बजार आज भने केही सम्हालिएको हो । आज बिमा र अन्य सुचकले बजारलाई हरियो बनाएका हुन्।
आज बिमा १०५ अंकले बढेको छ भने फाइनान्स अन्य र होटलमा सामान्य बृद्धि देखिएको छ। आज दिनभरीमा १३० कम्पनीको ८१ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जनउत्थान सामुदायिक लघुवित्त र सिभिल बैंकको १० प्रतिशत हाराहारी किनबेच भएको छ। आज मेगा बैकको सेयर मूल्य पनि बढेको छ।
१० कार्तिक २०७३, २।००
वि.सं.२०७३ कात्तिक १० बुधवार १५:४६ मा प्रकाशित