
काठमाण्डौं । सेती फाइनान्स लिमिटेडले मंसिर १ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो।
कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर वितरण गर्न लागेको हो। असार मसान्तभित्र ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने अनिवार्य व्यवस्थाका कारण कम्पनीले डेढ सेयर प्रतिशत हकप्रद जारी गर्न लागेको हो।
कम्पनीको अहिले ६ करोड ३४ लाख ५२ हजार ४०० रुपैयाँ चुक्ता पुँजी छ। हकप्रद जारीपछि पुँजी नौं करोड ५१ लाख ७८ हजार ६०० रुपैयाँ थपिने छ। कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल छ। सेतीको हकप्रद पुस ५ गतेसम्म भर्न पाइन्छ ।
१२ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ११:१२ मा प्रकाशित