
काठमाण्डौं । भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेण्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर बजारमा कारोबार खुलेको छ । दुई विकास बैंक गाभिएर बनेको यो विकास बैंक राष्ट्रियस्तरका विकास बैंक मध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको विकास हो ।
मर्जर पछि बैंकको चुक्ता पूँजी करिब १ अर्ब ८२ करोड रुपैयाँको पुगेको छ । भिबोरले गत आर्थिक बर्षमा २० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने सोसाईटीले पनि गत आर्थिक बर्षमा २० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
मर्जरमा जानुअघि भिवोरको प्रतिकित्ता १५२ रुपैयाँ तथा सोसाइटीको १३३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । नेप्सेले अहिले भने प्रति कित्ता कतिमा सेयर कारोबार हुने त्यो भने खुलाएको छैन ।
१२ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ११:२३ मा प्रकाशित