back
NMB Ad

दुर्घटनामा ३ को मृत्यु

Nepal Bank

धनकुटा । गए राति  छिन्ताङ–८ स्थित सिम्लेडाँडामा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका सहायक प्रअ पृथ्वीमान राई र धरान–१ सिखरटोलकी सुशीला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पिकअप चालक विकास राई, सहचालक हर्क माझी, छिन्ताङ–६का प्रेम भण्डारी, विकास दुलाल, शम्शेर राई र उनका छ वर्षीय छोरा घाइते भएको र  उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

ट्र्याक्टरको ठक्करबाट १ को मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको सहोडवा गाविसमा ट्र्याक्टरले ठक्कर दिँदा सहोडवा गाविस–६ बस्ने ४० वर्षीया करुणादेवी झा को शुक्रबार मृत्यु भएको छ ।

शुक्रबार बेलुका सहोडवा–६ मा पैदल हिँडेर घरतिर आउँदै गरेकी झालाई ज१त ३१९४ नंको ट्र्याक्टरले ठक्कर दिएको र घाईतेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

ट्र्याक्टर चालक फरार छन् भने ट्र्याक्टर जिप्रका, महोत्तरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १३

वि.सं.२०७३ कात्तिक १३ शनिवार १४:५१ मा प्रकाशित

You can share this post!

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:४२

बैंकक, थाईल्याण्ड : चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ...

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...