
काठमाडौं । वरिष्ठ पत्रकार सञ्जय न्यौपानेको उपचारको क्रममा शनिवार ललिपुरमा निधन भएको छ ।
कारोबार दैनिकका पूर्व सम्पादक ४४ वर्षीय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । उनी २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए । त्यस अघि कान्तिपुर दैनिकमा प्रमुख संवादाता थिए ।
स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । पारिवारिक स्रोतका अनुसार न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए ।
२० कार्तिक २०७३
वि.सं.२०७३ कात्तिक २० शनिवार १९:५८ मा प्रकाशित