back

सुदुरपश्चिममा भोली नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको भेला, केन्द्रीय नेतृत्व धनगढीमा

Kumari bank ad

काठमाडौं । प्राकृतिक सौन्दर्यता र उर्वर भूमिको रुपमा सुदुपश्चिम नेपालकै उद्गमस्थल हो । तर राजधानी काठमाडौंबाट भौगोलिक दुरी टाढा रहेकैले विकास र नीति निर्माणको तहमा पछाडी परेको महशुस गर्दै आएको सुदुरपश्चिमबासी पछिल्लो समय पर्यटन ब्यवसायमा केन्द्रित हुन थालेका छन् ।

नेपाल पर्यटन बोर्ड, टान, हान, नाट्टा, सोट्टो लगायत संघसंस्थाले सुदुरपश्चिमको पर्यटन प्रबद्र्धनमा चासो राख्दै आएका छन् । स्वतन्त्र रुपमा पेशा व्यवसायमा संलग्न रहे पनि असंगठित व्यवसायीहरु संगठित रुपमै आफ्ना आवाज नीति निर्माणको तहमा पुर्याउन संगठित हुँदै गरेका छन् ।

पर्यटन प्रवद्र्धनमा राजनीतिक रुपमै स्पष्ट धारणा बनाएर अगाडी बढेको नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले प्रदेश नम्बर ७ मा संगठन विस्तारको अभियानको थालनी गरेको छ । संगठनले कात्तिक २५ गते धनगढीमा प्रदेश नम्बर ७ का करिव दुई सय व्यवसायीलाई भेला गरी प्रदेश कमिटी गठन गर्ने कार्यक्रम राखेको संगठनका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । सो अभियानका क्रममा नेपाल राष्ट्रिय पर्यटन व्यवसायीसंगठनका इञ्चार्ज एवं नेकपा एमाले पर्यटन प्रवद्र्धन विभागका प्रमुख, केन्द्रीय सदस्य सूर्य थापा, अध्यक्ष रिजाल, उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का इञ्चार्ज हरि धरेल लगायत नेताहरु धनगढी पुगेका छन् ।

नेकपा एमाले ७ नम्बर प्रदेशको भेलामाा सहभागी हुन धनगढी पुगेका एमाले महासचिव ईश्वर पोखरेलसहित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका नेतृत्वलाई स्थानीय आयोजक र व्यवसायीले धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको स्थानीय महेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भोली हुने व्यवसायीको भेरामा प्रदेश नम्बर ७ का दुई सय बढी व्यवसायीको सहभागिता रहनेछ । नेकपा एमालेका उपाध्यक्ष एवं सो प्रदेशका ईञ्चार्ज भीम रावलको प्रमुख आतिथ्यता र पर्यटन विभाग प्रमुख सूर्य थापाको विशेष आतिथ्यमा गरिने कार्यक्रम विहिबार ११ बजे कैलाली पार्टी प्यालेसमा हुने भट्टराईले जानकारी दिए ।
२४ कार्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार १८:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, आठ उपसूचकमा हरियाली

सेयर बजारमा सामान्य सुधार, आठ उपसूचकमा हरियाली

वि.सं.२०८० मंसिर २० बुधवार १५:२१

काठमाडौं । साताको चौथो कारोबार अर्थात बुधबार सेयर बजारमा सामान्य...

उच्च दरमा बढ्यो यी दुई लघुवित्त कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी दुई लघुवित्त कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८० मंसिर २० बुधवार १५:१३

काठमाडौं । साताको चौथो कारोबार अर्थात बुधबार सेयर बजारमा सामान्य...

दुई इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

दुई इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८० मंसिर २० बुधवार १५:०७

काठमाडौं । साताको चौथो कारोबार तथा बुधबार सेयर बजारमा सामान्य...

कर्जाको ब्याजदर अझै घट्छ, अब कर्जा लगानी बढ्दै जान्छ : राष्ट्र बैंक

कर्जाको ब्याजदर अझै घट्छ, अब कर्जा लगानी बढ्दै जान्छ : राष्ट्र बैंक

वि.सं.२०८० मंसिर २० बुधवार १४:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको...

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’   

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’   

वि.सं.२०८० मंसिर २० बुधवार १४:२८

जाजरकोट, २० मङ्सिरः डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले...

एलआइसी नेपालद्वारा लेखापरीक्षक नियुक्त

एलआइसी नेपालद्वारा लेखापरीक्षक नियुक्त

वि.सं.२०८० मंसिर २० बुधवार १४:१०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले लेखापरिक्षक नियुक्त गरेको...