back

अबदेखि हाइड्रोपावर लगायत परियोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीले सेयर नपाउने !

Kumari bank ad

काठमाडौ । हाइड्रापावर लगायतका ठूला परियोजना बनाउन ऋण दिने संस्थाका कर्मचारीले अबेदखि सेयर नपाउने भएका छन् ।

ऋण दिने संस्थाका कर्मचारीलाई ठूलो मात्रामा सेयर दिंदा सर्वसाधारणले निकै कम सेयर पाउने अवस्था आएपछि सरकारले कानुन नै परिमार्जन गरी त्यस्ता संस्थाका कर्मचारीलाई सेयर नदिने व्यवस्था गरेको हो ।

यसअघि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थानजस्ता ठूला परियोजनामा लगानी गर्ने कम्पनीका कर्मचारीलाई ठूलो मात्रामा सेयर दिनुपर्ने व्यवस्था थियो ।

जस्तो माथिल्लो तामाकोशी जलविद्युत परियोजनामा ऋणदाता संस्थाहरू कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, बिमा संस्थानलगायत संस्थाका कर्मचारीलाई ठूलो मात्रामा सेयर वितरण गरिएको छ । यसबाट सर्वसाधारणले पाउने हिस्सा निकै कम हुन गएको छ ।

शुक्रबार धितोपत्र दर्ता तथा  निष्काशन निमावली २०६५ संशोधन गर्न नेपाल धितोपत्र बोर्डले गरेको प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृत गरेपछि अबदेखि कुनै पनि परियोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीले  सेयर पाउनेछैनन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १६:४२ मा प्रकाशित

You can share this post!

रास्वपाको सचिवालय बैठक बस्दै   

रास्वपाको सचिवालय बैठक बस्दै   

वि.सं.२०८० मंसिर २० बुधवार १२:१४

काठमाडौँ, २० मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको...

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध   

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध   

वि.सं.२०८० मंसिर २० बुधवार ११:०९

काठमाडौँ, २० मङ्सिर : नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक...

अवैध सुन गाल्ने कारखानामा प्रहरीको छापा, एकजना पक्राउ

अवैध सुन गाल्ने कारखानामा प्रहरीको छापा, एकजना पक्राउ

वि.सं.२०८० मंसिर २० बुधवार ११:०२

काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २० बुधवार १०:४६

काठमाडौं । आज मंसिर २० गते बुधबार सुनको भाउ घटेको...

राष्ट्रिय बिमा संस्थानले आइपीओ जारी गर्ने

राष्ट्रिय बिमा संस्थानले आइपीओ जारी गर्ने

वि.सं.२०८० मंसिर २० बुधवार १०:४०

काठमाडौं । राष्ट्रिय बिमा संस्थानलाई राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ, तपाइलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ, तपाइलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

वि.सं.२०८० मंसिर २० बुधवार १०:३०

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।...