
काठमाडौ । माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयर सँगै बैंकले कर प्रयोजनका लागि दुई लाख १८ हजार नौ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश पनि वितरण गर्नेछ ।
बैंकको आइतबार सम्पन्न ११७ औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मितिः २०७३ कार्तिक २९
वि.सं.२०७३ कात्तिक २९ सोमवार १३:०३ मा प्रकाशित