back

नेपालमा १५ अर्बको भारतीय ठूला नोट,यति ठूलोमात्रामा भारतीय नोट कसरी ?

Nepal Bank

काठमाडौ । नेपाली बजारमा ५ सय र १ हजार दरका करिब १५ अर्ब रुपैयाँबराबरका नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएको यी दरका नोटहरू १५ अर्ब रुपैयाँबराबरको रहेको हुनसक्ने नेपाल राष्ट्र बैंकले प्रारम्भिक अनुमान गरेको हो ।

राष्ट्र बैंकका विदेशी विनिमय तथा अनुसन्धान विभागका बहालवाला र अवकाशप्राप्त कर्मचारीहरूले यस्तो अनुमान गरेका हुन् । उनीहरूका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु प्रयोग हुने भएकाले बजारमा १० देखि १५ अर्ब रुपैयाँबराबरको ५ सय र १ हजार दरका नोट छन् ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डित आधिकारिक तथ्यांक भने नहुने बताउँछन् । “कति परिमाणको भारु नेपाली बजारमा छ त्यो भन्न सकिँदैन,” उनले भने, “रोजगारीमा जानेहरू दसैंमा आउने हुँदा उनीहरूले भारु ल्याएका हुन सक्छन् । यस्तै दुईतिहाइ व्यापार भारतसँग हुने भएकाले पनि बैंकिङ प्रणालीभन्दा बाहिर नै भारु रहेको भएको भन्न सकिन्छ ।”

राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट अवकाश पाएका पूर्वनिर्देशक कल्याणबन्धु अधिकारी नेपाली बजारमा १० देखि १५ अर्ब रुपैयाँबराबरको भारु भएको अनुमान गर्न सकिने बताउँछन् ।

“केन्द्रीय बैंकले अहिलेसम्म यसमा औपचारिक अध्ययन भने गरेको छैन,” अधिकारी भन्छन्, “नेपालमा भुक्तानीका लागि भारुको ठूलो मात्रामा प्रयोग हुने गरेको छ ।”

राष्ट्र बैंकले अहिले तीन खर्ब रुपैयाँको नेपाली नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार नेपाली बजारमा चलनचल्तीमा रहेको नोटको ३० प्रतिशत हाराहारीमा भारतीय नोट रहने गरेको छ । यस आधारमा हेर्दा ३० अर्ब रुपैयाँ भारु नेपाली बजारमा रहेको देखिन्छ ।

कारोबार दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ कार्तिक ३०

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०८:२५ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...