
काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू–२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि उचालेर इतिहाँस रच्यो ।
मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १–० गोल अन्तरले पराजित गरेको छ । नेपालका लागि सुजल श्रेष्ठले विजयी गोल गरेका थिए ।
प्रकाशित मितिः २०७३ कार्तिक ३०
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १८:५९ मा प्रकाशित