
काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
बैंकले आगामी मंसिर १९ गतेदेखि पुस २४ गतेसम्म उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो ।
बैंकले गत वर्षको नाफाबाट २० प्रतिशतका अर्थात ८० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सेयर थपिदा बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ हुनेछ ।
प्रकाशित मितिः २०७३ मंसिर १
वि.सं.२०७३ मंसिर १ बुधवार १२:५४ मा प्रकाशित