back
NMB ad

पाँचथरका तीन किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार !

Kumari bank ad

काठमाण्डौं । व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका पाँचथर जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।

पाँचथरको फिदिममा हिजो सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्रकुमारी लावतीलाई जनही नगद रु १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय, पाँचथरले विश्व खाद्य दिवसको सन्दर्भमा आयोजना गरेको एक समारोहबीच उनीहरुलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो ।

उनीहरुले आधुनिक कृषि प्रविधिबाट तरकारी, फलफूल र सुन्तलाखेती गर्दै आम्दानीको स्रोत बढाउनका साथै समाजमा रहेका सर्वसाधारणलाई त्यसतर्फ अग्रसर हुने बाटो देखाएकाले पुरस्कृत गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताउनुभयो ।

उनीहरुलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय विकास अधिकारी भानुभक्त बरालसहित जिल्लाका राजनीतिक दलका प्रमुखले अबीर र फूलमाला लगाइदिएर सम्मान समेत गर्नुभएको थियो ।

७ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ७ मंगलवार १०:५६ मा प्रकाशित

You can share this post!

सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश   

सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:२०

काठमाडौँ : सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण...

सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ   

सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:१६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का...

सरकारले विश्व बैंकलगायत दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार्ने   

सरकारले विश्व बैंकलगायत दातृराष्ट्रबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण स्वीकार्ने   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:१२

काठमाडौँ, : सरकारले विश्व बैंकलगायत विभिन्न दातृराष्ट्रबाट प्राप्त हुने अनुदान...

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी   

समग्र अर्थतन्त्रको हित हुनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:०७

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष...

मनसुन प्रणाली देशभर फैलियो, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध   

मनसुन प्रणाली देशभर फैलियो, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध   

वि.सं.२०८१ असार ११ मंगलवार ०६:०२

काठमाडौँ : यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको जल...

आज ११ आषाढ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ११ आषाढ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ११ मंगलवार ०५:५८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...