back

नेपालले सबैभन्दा धेरै आम्दानी गर्न सक्ने क्षेत्र हो पर्यटन, यसरी हुनसक्छ कायापलट !

Kumari bank ad

एक समय नेपाल भन्दा गरिब रहेको मुलुक इथियोपियाबाट पर्यटन क्षेत्रमा हामी धेरै सिक्न सक्छौँ। इथियोपियाले पर्यटन पूर्वाधारमा गरेको लगानीका कारण त्यो देशले तीब्र छलाङ मारेको हो। इथियोपियाको राष्ट्रिय ध्वजाबाहक इथियोपियन एयरलाइन्स पूर्वी एसियाबाट अफ्रिकामा  सिधा उडान गर्ने एक मात्र वायु सेवा कम्पनी हो। चीन लगायत धेरै पर्यटक बस्ने देशमा इथियोपियाबाट सिधा उडान हुन्छ।

नेपालले पनि सबैभन्दा धेरै आम्दानी गर्न सक्ने भनेको पर्यटन क्षेत्रबाट नै हो। वस्तु उत्पादन गरेर नेपालले प्रतिस्पर्धा गर्न सक्दैन। हामीले तयारी पोशाक वा पश्मिनाबाट देशको अर्थतन्त्र धान्न संभव छैन। विदेशबाट कच्चा पदार्थ ल्याएर केही प्रतिशत मूल्य अभिवृद्धि गरेर निकासी गर्दा प्रतिस्पर्धामा उत्रिन सकिँदैन।

नेपाल वायुसेवा निगम (एनएसी)ले एक बर्षभित्र दुर्इवटा वार्इड बडी जहाज खरिद गर्दैछ। निगमसँग रहेका तीन वटा ठूला जहाजले अहिले अन्तर्राष्ट्रिय उडान गरिरहेका छौं। दुर्इवटा जहाज आएपछि हामीसँग पाँचवटा ठूला जहाज हुनेछन्। पाँचवटा जहाज भएपछि बिदेशका प्रमुख गन्तब्यमा हाम्रो एकाधिकार हुनेछ।

नयाँ जहाज आएपछि लण्डन र फ्र्यांकफर्ट सिधा उडान गर्छौं। अहिले रहेका न्यारो बडी जहाज लामो दूरीमा जान नसकेको कारण वाइड बडी खरिद गर्ने प्रकृया अघि बढाएका हौँ। अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संगठन९आर्इकाओ०ले नौ महिनामा कालोसूचीबाट हट्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको सूचना पाएका छौँ। त्यो अवधिमा हामीले जहाज खरीद गरेर ल्याइसकेका हुन्छौँ। त्यसैले नयाँ जहाज आउने वित्तिकै युरोप उडान गर्न पाइन्छ भन्ने विश्वास छ।

एनएसी र नेपाली पर्यटन क्षेत्रको घाँटी जोडिएको छ। नेपाली ध्वजावाहकसँग पर्याप्त जहाज नभएसम्म हाम्रो पर्यटन क्षेत्र कहिल्यै माथि आउन सक्दैन।

नेपाललाई तत्काल आठ देखि १० वटा वाइड बडी भएका जहाज आवश्यक छ। निजी क्षेत्रले पर्यटन क्षेत्रमा लगानी गर्न थालेका छन्। ती लगानीका लागि आवश्यक पूर्वाधार सरकारले तयार गरिदिनुपर्छ। त्यो भनेकै राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त जहाज देखि विमानस्थल निर्माण र बिभिन्न गन्तव्यहरुको प्रबर्द्धनसम्मको काम हो।

निजी क्षेत्रले पर्यटनमा अर्बौ लगानी गरिसकेका छन् र यो निरन्तर बढ्दो छ। अहिले १३ वटा पाँचतारे होटेल निर्माणका क्रममा छन्।

अहिले पर्यटनलार्इ बिक्री गर्ने समय हो। नेपालमा रहेका भर्जिन ट्रेकिङ रुट, विश्वको सवैभन्दा धेरै उच्च हिमाल र धार्मिक पर्यटनको बजारीकरण गर्नुपर्छ। ती पर्यटन क्षेत्रको प्रवर्द्धनबाट नै पर्यटक आउँछन् र त्यसको प्रतिफल निजी क्षेत्रहुँदै सरकारसम्म पुग्छ।

संसारमा धेरै यस्ता देश छन् जहाँ हेर्नका लागि केही छैन तर  पर्यटक आगमन उच्च छ। केही देशले उनीहरुको जनसंङ्ख्याभन्दा धेरै पर्यटक ल्याएर समृद्ध बनेका छन्। यसको कारण नै ति देशले गर्ने बजारीकरण र पूर्वाधारमा गर्ने लगानी हो।

मलेसिया, थाइल्याण्ड, सिंगापुरले पर्यटनबाट प्रशस्त आम्दानी गरिरहेका छन्। ती देशले आम्दानी गर्न सक्ने हामी किन नसक्ने ? भन्ने यक्ष प्रश्न छ। पर्यटक भित्र्याउन हामीले कम्तीमा पनि दश वर्षको रणनीति बनाउन आवश्यक छ। हरेक वर्ष कम्तिमा एउटा ठूलो जहाज थप्दै लगेमा मात्रै नेपालको पर्यटन क्षेत्र ‘बुम’ हुन्छ।

त्यसैले हामीले पर्यटन क्षेत्रकालागि आवश्यक पूर्वाधार तयार गरेर पर्यटक आगमन बढाउनेतर्फ लाग्नुपर्छ। पर्यटन गाउँदेखि शहरसम्म आर्थिक उपार्जनको माध्यम बन्नसक्छ। मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्र प्रमुख हिस्सा बन्न सक्ने आधार छन्। नेपाललार्इ प्रमुख पर्यटन गन्तब्य बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक हुन्छ।

– सुगतरत्न कंसाकार, जिएम, एनएसी, ७ मंसिर २०७३, १.००

वि.सं.२०७३ मंसिर ७ मंगलवार १४:२३ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...