
काठमाडौ। सोल्टी होटलले सेयरधनीलाई २१ दशमलब ०५२६ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकमार्फत होटलले १० प्रतिशत बोनस र ११ दशमलब ०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकोे छ ।
बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि आगामी साधारण सभाले पारित गर्नुपर्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभा यहि आगामि पुस २५ गते हुने भएको छ । सो प्रयोजनको लागि मंसिर २७ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको सेयर कारोबार बन्द हुनेछ ।
प्रकाशित मितिः २०७३ मंसिर १०
वि.सं.२०७३ मंसिर १० शुक्रवार १३:४२ मा प्रकाशित