काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी माघ १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
हाल कम्पनीको चुक्तापुँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै १ करोड २० लाख खुद मुनाफा कमाएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ११
वि.सं.२०७३ मंसिर ११ शनिवार १३:३३ मा प्रकाशित