नीतिन फायर प्रोटेक्सन इन्डस्ट्रीका मालिक नीतिन साहसँग हिजो २० रुपैयाँ पनि हुँदैनथ्यो भन्दा कमैलाई पत्यार लाग्ला । आज उनी हजार करोडको कम्पनीका मालिक भएका छन् । उनको कम्पनीमा ११ हजार कर्मचारीहरुले काम गर्छन् ।
नीतिन साहको पिताको सानो पसल थियो । जसले आगो लागेमा नियन्त्रण गर्ने मेसिनको पाटपुर्जाहरु बनाउने काम गथ्र्यो । उनी सानैदेखि नै आफ्नो पिताको यस्तो कामप्रति बढी रुचि राख्थे । स्कुल छुट्टी हुनासाथ उनी बुवाको काममा साथ दिन आइपुग्थे । तर पछि बुवाको निधन पछि उनी सानै भएकाले त्यो काम उनको दाजुले हेर्न थाले र त्यो पसल पनि उनले नै राखे ।
नीतिन आफै केही गर्न चाहन्थे । उनलाई आफैले केही काम गर्ने विचार थियो । तर यसका लागि उनीसँग २० रुपैयाँ पनि थिएन । उनले आफै बाँच्ने र केही गर्ने विचार गरे । यसका लागि उनले आफ्ना केही साथीहरुसँग रु ५ सय ऋण लिए र साथीको गाडीको पाटपूर्जा बनाउने सानो पसलमा काम गर्न थाले । यो सन् १९८४ को जनवरी कुरा हो । उनले पहिले आफ्नो पितासँग काम गर्दादेखि नै सबैजनासँग चिनजान बनाएका थिए । त्यसमध्ये एक डिपार्टमेन्ट अफ अटोमिक इजर्नीका प्रमुख थिए । ती व्यक्तिले नीतिनलाई आगो नियन्त्रण गर्ने मेसिनको पाटपूर्जा हेर्ने व्यक्ति करारमा चाहिएको बताए । त्यसपछि उनले त्यही व्यक्तिको सहायताले त्यो पदमा जागिर पाए । यो त्यही वर्षको अप्रिल महिनाको कुरा थियो ।
त्यसपछि त्यहाँ उनले आगो नियन्त्रण गर्ने सिलिण्डहरुको मर्मत गर्न थाले । यसका लागि उनले आफूसँग काम गर्नका लागि तीन जना व्यक्ति पनि राखे । उनीहरु एकदमै कम साधनमा यी सबै काम गरिरहेका थिए । त्यतिबेला त्यो सिलण्डिर बनाउने क्रममा यता उता ल्याउन र लैजानका लागि ट्रली चान्थ्यिो तर त्यसलाई ४५ हजार पर्न आउँथ्यो । यही भएर उनीहरुले १ हजार रुपैयाँ भाडामा पुरानो गाडीको प्रयोग गरेका थिए ।
त्यहाँ त्यसरी आएको तलब र सिलिण्डर बनाए वापत आउने पैसा उनीहरुले बचाउँदै लगे । त्यहाँ काम गरेको सात महिनापछि उनीहरुले आफूले बचाएको पैसा र केही ऋण गरेर २० लाख रुपैयाँमा जग्गा किने । जहाँ उनीहरुले आफ्नै कम्पनी खोल्ने विचार गरे । त्यसपछि त्यो कम्पनीको नाम त्यति बेला नै नीतिन फायर प्रोटेक्सन इन्डस्ट्री राखे । पहिलेको कम्पनीमा काम गरेको अनुभवबाट नै उनीहरुले अन्य कम्पनीसँग पनि कन्ट्र्याक्ट गर्ने मौका पाए । यो काममा उनीहरुलाई सफलता मिल्दै गयो । सन् १९८६ को अन्त्यमा नै उनीहरुको कम्पनीमा ७ करोडको पुँजी आइसकेको थियो ।
त्यसपछि उनीहरुले थप जमिन किने र उद्योगको क्षेत्र बढाउने काम गरे । त्यसका साथै २५ जना अन्य व्यक्तिहरुलाई पनि रोजगारी दिँदै आफ्नो कम्पनी पनि विस्तार गरे । यही क्रममा सन् १९८८ सम्ममा उनीहरुले देशकै विभिन्न ठूला कम्पनीसँग काम गर्ने मौका पाए । तर यो सन् १९८९ को कुरा थियो, जसले उनीहरुलाई थप उचाई प्रदान ग¥यो । उनीहरुले लण्डनमा रहेको अपोलो फायर डिक्टेटर कम्पनीसँग साझेदारी गरे । उनीहरुको काम बढ्दै गयो । सन् २००७ मा स्टक मार्केटमा प्रवेश गरेपछि यो कम्पनीले झन् आर्थिक रुपमा पनि उचाई प्राप्त गर्दै गयो । उनी भारतकै धनीहरुको सूचिमा प्रवेश गरे ।
अहिले हामीले भान्सामा प्रयोग गर्ने सिलिण्डहरुमा प्वाल परेको छ कि छैन भन्ने चेक गर्ने मेसिन उनकै कम्पनीले बनाएको हो । भारतमा यो मेसिनको परिचय गराउने व्यक्तिमा रुपमा पनि उनलाई चिनिन्छ ।
सन् २०१५ मा नायक अमिताभ बच्चनले एक मिलियन डलर हालेर यस कम्पनीको सेयर किनेपछि उनी फेरि चर्चामा पुगेका छन् भने उनको कम्पनीको सेयरको मूल्य पनि झन् आकासिन पुगेकोछ ।
सपना देख्नुपर्छ र त्यसलाई पूरा गर्न डराउनुहुन्न भन्ने सोच राख्ने नीतिन अहिले भारतमा मात्र नभएर अन्य शहरका युवाहरुको लागि पनि प्रेरणाको स्रोत बन्न पुगेका छन् । नयाँ सोच र लगन भएमा छिटै नै सफलता पाउन सकिन्छ भन्ने पनि उनको जीवनमा देख्न सकिन्छ ।
इरादा पहाडी
एजेन्सीको सहयोगमा, १२ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर ११ शनिवार १४:१५ मा प्रकाशित