back
Kumari Bank

प्रेस काउन्सिल–सानिमा बैंक पुरस्कार न्यौपाने र बोहरालाई

Nepal Bank

काठमाडौ । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

प्रेस काउन्सिल नेपालले आज पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवम् काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनौट समितिले सर्वसम्मतिले सो निर्णय गरेको हो ।

उक्त पुरस्कार विशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिनेछ । स्व सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखका रुपमा कार्यरत थिए । त्यसपछि उनी आर्थिक क्षेत्रको पहिलो ‘ब्रोडसिट’ कारोबार दैनिकमा सम्पादकका रुपमा रहे ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसिप र पुरस्कार प्राप्त गरेका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज (सेजन)को पूर्व उपाध्यक्ष समेत हुन् । पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्कसम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उनको २०७३ साल कात्तिक २० गते निधन भएको थियो ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेल्धुरा संवाददाताका रुपमा पत्रकारिता सुरु गर्नुभएका स्व कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोस्ट र राष्ट्रिय तहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिक लगायत सञ्चारमाध्यममा आबद्घ थिए ।

पछिल्लो समयमा उनी महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक÷प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौँबाट प्रसारित न्युज–२४ टिभीको सुदूर–पश्चिम ब्युरो प्रमुखका रुपमा कार्यरत थिए ।

पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुवै मिर्गौला खराब भई उपचार गराइरहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मङ्सिर १० गते काठमाडौँमा निधन भएको थियो ।

प्रकाशित मितिः २०७३ मंसिर १४

वि.सं.२०७३ मंसिर १४ मंगलवार २०:३४ मा प्रकाशित

You can share this post!

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्काशनमा: १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफलको प्रक्षेपण

‘ग्लोबल आइएमई समुन्नत योजना–२’ सार्वजनिक निष्काशनमा: १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफलको प्रक्षेपण

वि.सं.२०८२ असार २२ आइतवार १२:३८

काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालन गर्न लागेको ‘ग्लोबल...

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८२ असार २२ आइतवार ११:४२

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि ऋणपत्र...

सोटो नेपालको नयाँ कार्यसमिति चयन   

सोटो नेपालको नयाँ कार्यसमिति चयन   

वि.सं.२०८२ असार २२ आइतवार ११:३६

काठमाडौँ : नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी...

सहकारीमार्फत पर्यटन समृद्धिको लक्ष्यसहित ‘पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम’ आयोजना

सहकारीमार्फत पर्यटन समृद्धिको लक्ष्यसहित ‘पर्यटन सहकारी जनशक्तिको क्षमता विकास तालिम’ आयोजना

वि.सं.२०८२ असार २२ आइतवार ११:२३

काठमाडौं : नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा...

बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८२ असार २२ आइतवार ११:१३

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी असार २९ गतेदेखि आईपीओ...

पिपुल्स पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

पिपुल्स पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार २२ आइतवार ११:०३

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज असार २२ गतेदेखि हकप्रद...