काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सेयर बजारमा आएको उतारचढावलाई सामान्य रुपमा लिनु पर्ने र बजारलाई दीर्घकालीन रुपमा हेर्नु पर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवशका अवसरमा बोल्दै गभर्नर नेपालले भने, सेयर बजार एकदमै ओर्लियो भनेर आत्तिने र वढ्यो भने एकदमै प्रफुल्लित हुने होइन। यसलाई दीर्घकालिन लगानीका रुपमा हेर्नु पर्छ। उतार चढाव भइरहन्छ । सेयर बजार भनेकै त्यही हो ।’
गभर्नर नेपालले सेयरमार्फत लगानी भएको पैसा कुनै संस्थाले आफ्नो क्षेत्र विस्तार गर्न प्रयोग गर्ने भन्दै छरिएको पैसा एक ठाउँमा सेयर बजारले ल्याउने बताए। बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पु¥याउने निर्णयपछि सर्वसाधारणले सेयरमा पैसा हालेको भन्दै सेयर बजारलाई पुँजी संकलन गर्ने थलोका रुपमा बुझ्नु पर्ने बताए।
१५ मंसिर २०७३, २।३०
वि.सं.२०७३ मंसिर १५ बुधवार १४:३९ मा प्रकाशित