
काठमाण्डौं । नमस्ते वित्तीय संस्था लिमिटेडले पुस ८ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका सेयर शतप्रतिशत जारी गर्न लागेको हो । अर्थात १० कित्ता हुनेले अर्को १० कित्ता सेयरका लागि आवेदन दिन पाउँछन्।
संस्थाले तीन लाख ७५ हजार कित्ता सेयर जारी गर्न लागेको हो। संस्थाको सेयर मंसिर २३ गतेसम्म कायम सेयरधनीले भर्न पाउँछन्। कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ । संस्थाको सेयर माघ १३ गतेसम्म भर्न पाइन्छ ।
१७ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर १७ शुक्रवार १६:३३ मा प्रकाशित