back

राष्ट्रिय पर्यटन प्रदेश नं ६ मा लंकबहादुर शाही

Kumari bank ad

सुर्खेत । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन ६ नं प्रदेशस्तरीय भेला भेलाले लंकबहादुर शाही अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । उपाध्यक्षमा चिन्तामणि शर्मा, सचिवमा कविन्द्र केसी, सहसचिवमा हरिहर कुँवर र कोषाध्यक्षमा नरेन्द्र थापालाई सर्वसम्मतिले चथन गरिएको हो । नवगठित प्रदेश समितिमा सदस्यहरु भीमबहादुर थापा, गोपालबहादुर बम, शिवराज शर्मा, भीउमान घर्ती, रुपलाल बोहरा, चिन रावत, मनबहादुर रावत, चन्द्रबहादुर रावत, टेकबहादुर शाही, पुष्पराज गिरी, भगवती उपाध्याय, राजेन्द्र रोकाय, शान्तिप्रसाद शर्मा, गौरीकला चापागाई, कविराज पोख्रेल र भैबहादुर रोकाय रहेका छन् । समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमुख अतिथि नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागका प्रमुख सूर्य थापाले सपथ ग्रहन गराएका थिए ।
भेलाले समृद्धि र दीगो विकासको आधार : पर्यटन क्षेत्रको प्रबद्र्धन र विस्तार शिर्षकमा १० बुँदे सुर्खेत घोषणा–पत्र जारी गरेको छ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नं ६ स्तरीय बृहत व्यवसायी भेलाद्धारा पारित
घोषणा–पत्र

१.यो भेला, नेपालको सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा गहिरो शे–फोक्सुन्डो ताल, कुभिण्डे ताल र सुर्खेत बुलबुले ताललाई प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्न सडक विस्तार, कालोपत्रे, पुल निर्माण, सुविधायुक्त आवास गृह, होटल, होमस्टे व्यवस्थाका लागि आवश्यक पूर्वाधारका साथै पदयात्रा मार्गको विकास गर्न माग गर्दछं । साथै, रारा तालमा व्यापकरुपमा आन्तरिक पर्यटकहरुको चाप शुरु भइरहेको हुनाले तत्काल तालकोे वरिपरी साइकल ट्रेलको निर्माण गर्न, मर्माटपमा रिसोर्टलगायत योजनाबद्धरुपमा आवश्यक पूर्वाधार व्यवस्थित गर्न माग गर्दछ ।
२. कैलाश मानसरोवर जाने विदेशी पर्यटकहरुलाई बागेश्वरी, देउतीबज्यै, पञ्चकोशी, रारा र खप्तड क्षेत्रसँग जोडेर एकीकृत रुपमा विकास र प्रबद्र्धन गर्न यो भेला जोडदार माग गर्दछ ।
३. डोल्पा पदयात्राको लागि तल्लो क्षेत्रलाई अन्य साधारण पदयात्रा क्षेत्रसरह अनुमति प्रदान गर्ने व्यवस्था मिलाउने र उपल्लो नियन्त्रित क्षेत्रको लागि न्यूनतम शुल्क लिई अनुमति दिन नेपाल सरकारसमक्ष यो भेला माग गर्दछ ।
४. यो भेला काठमाडौं र पोखराबाट कर्णाली प्रदेशमा आन्तरिक हवाई उडानको व्यवस्था गर्न माग गर्दछ । सुर्खेतको मदनचौरमा प्रादेशिक विमानस्थल, दैलेखमा दुल्लु, कालीकोटमा कोटवाडा, डोल्पामा जुफाल र पहाडा, हुम्लामा सिमिकोट र मदाना, रुकुममा सल्ले र चौरजहारी तथा मुगुमा रारा (ताल्चा) विमानस्थलको अविलम्ब निर्माण र नियमित एवं व्यवसायिक उडान संचालनको व्यवस्था मिलाउन माग गर्दछ ।
५. सुर्खेतमा देउतीबज्यै र काँक्रे बिहार, दैलेखको पञ्चकोशी क्षेत्र, जुम्लाको प्रसिद्ध चन्दनाथ मन्दिर, सिंजाको पान्डु गुफा, मुगुको छायानाथ क्षेत्रआदि धार्मिक पर्यटीय क्षेत्रलाई प्रबद्र्धन गर्न यो भेला सरकार र सम्बद्ध सबैसँग माग गर्दछ । साथै, नेपाली भाषा साहित्यको उद्गमस्थल सिंजामा राष्ट्रि«य भाषा–साहित्य संग्राहलय स्थापना गरी यस प्रदेश र सिंगो देशको नमूनाका रुपमा संचालन गर्नसमेत यो भेला जोड दिन चाहन्छ ।
६. यस प्रदेशमा रहेका हिमाल, नदीनाला, झरना, बहुमूल्य जडीबुटी, लोपोन्मुख जाति÷जनजाति र भाषा तथा जनावर र चराचुरुङ्गीको पहिचान गरी पर्यटकीय स्थलका रुपमा प्रबद्र्धन, संरक्षण तथा संबद्र्धन गरी पर्यटनको योजनाबद्ध विकास गर्न यो भेला माग गर्दछ ।
७. रुपैडिया–सुुर्खेत–जुम्ला–गमगढी–लाक्चेलाग्न सडक प्रथमिकताका साथ छिटोभन्दा छिटो निर्माण गरी त्रिदेशीय आवागमन र पर्यटन विकासको विराट संभावनाअनुरुप अघि बढन यो भेला सरकारको जोडदार ध्यानाकर्षण गराउँदछ । जुम्ला खलंगाबाट थारमारे–चौथा–भुलभुले–रारा सडक, जुम्ला खलंगाबाट चौरीकोट–शे–फेक्सुण्डो–डोल्पा सडक, मुगुबाट चखेली–डोल्पा जोडने सडक शीघ्र निर्माण गर्न सरकारसँग विशेष माग गर्दछ ।
८. यस प्रदेशको पर्यावरणलाई ध्यानमा राखी विकास–निर्माणको व्यवस्थापन गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि उपयुक्त स्थानहरुको छनोट, प्रबद्र्धन र बजारीकरण गरी लगानी गर्ने अनुकूल परिवेश सिर्जना गर्ने कार्यमा ठोस योजनाका साथ क्रियाशील हुन यो भेला सबैमा हार्दिक आह्वान गर्दै एकताबद्धरुपमा अघि बड्न संकल्प गर्दछ ।
९. कर्णाली प्रदेशको केन्द्र सुर्खेतमा सुविधा सम्पन्न पर्यटन सूचना केन्द्रको स्थापना गर्न तथा नेपाल पर्यटन बोर्डको प्रादेशिक संरचनागत प्रबन्ध मिलाउन यो भेला माग गर्दछ । साथसाथै प्रदेशस्तरीय पर्यटन गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षको ध्यानाकर्षणसमेत गराउन चाहन्छ ।
१०. संगठनको प्रदेश नं ६ स्तरीय यस पहिलो भेला सुर्खेतमा आयोजना गर्न हरतरहले सहयोग गर्ने नेकपा (एमाले) प्रदेश संगठन कमिटी, खासगरी प्रदेश संयोजक एवम् पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, सहसंयोजक तथा पूर्व पर्यटन मन्त्री यामलाल कँडेल, व्यवस्थापिका—संसदको अर्थसमितिका सभापति प्रकाश ज्वाला, वैकल्पिक पोलिटव्यूरो सदस्य गोरखबहादुर बोगटी, संगठनका ईन्चार्ज सूर्य थापा, संगठनका अध्यक्ष चन्द्र रिजाल, भेला आयोजक समितिका संयोजक घनेन्द्र श्रेष्ठलगायत पार्टीका पोलिटव्यूरो र केन्द्रीय कमिटीका अन्य सदस्यहरु तथा जिल्ला अध्यक्षहरु र होटल अशोका सुर्खेत परिवार सबैमा यो भेला हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछ ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष तथा ६ नं. प्रदेश संगठन कमिटीका संयोजक युवराज ज्ञवालीद्वारा उद्घाटन गरिएको सो भेलालाई पोलिटव्यूरो सदस्य तथा प्रदेश सहसंयोजक यमलाल कँडेल, व्यवस्थापिका संसदको अर्थ समितिका सभापति तथा पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, वैकल्पिक पोलिटव्युरो सदस्य गोरखबहादुर बोगटी, पार्टी केन्द्रीय सदस्य तथा संगठनका ईन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य खेममान थापा, केन्द्रीय प्रचार विभाग सचिव विष्णु रिजाल, केन्द्रीय पर्यटन प्रबद्र्धन विभाग सदस्य गोपालबहादुर बम, चिसापानी पर्यटन क्षेत्र बिकास समिति तथा होमस्टे एसोसियसन नेपालका अध्यक्ष भीम केसी, कर्णाली क्षेत्र पर्यटन बिकास समितिका अध्यक्ष शिवराज शर्मा र नेकपा (एमाले) सुर्खेतका अध्यक्ष ध्रुव शाही लगायतका वक्ताहरुले सम्बोधन र शुभकामना दिएका थिए ।
संगठनका महासचिव तथा भेला आयोजक समितिका संयोजक घनेन्द्रबहादुर श्रेष्ठको सभापतित्व, केन्द्रीय सदस्य लंकबहादुर शाहीको संचालन र अर्का केन्द्रीय सदस्य भीमबहादुर थापाको स्वागत मन्तव्यका साथ आयोजित उद्घाटन सत्रमा ६ नं प्रदेश अन्तरर्गत पार्टीका सबै केन्द्रीय सदस्य/जिल्ला ईन्चार्ज, सहईन्चार्ज र जिल्ला कमिटीका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
भेलाको बन्दसत्रमा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, सल्यान र रुकुम गरी १० वटै जिल्लाबाट प्रतिनिधिका रुपमा उपस्थित पर्यटन व्यवसायीहरुको बीचमा प्रा.डा. कविराज पोख्रेलले समृद्धि र दीगो विकासको आधार ः पर्यटन क्षेत्रको प्रबद्र्धन विस्तार’ र नेकपा (एमाले)का केन्द्रीय पर्यटन प्रबद्र्धन विभाग प्रमुख सूर्य थापाले ‘रारा बासदेखि रारा तालसम्मको पर्यटन विकास र प्रर्बद्धन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । लंकबहादुर शाहीको अध्यक्षतामा भीमबहादुर थापाले संचालन गरेको बन्द सत्र कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापा तथा विशेष अतिथि संगठनका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल र अतिथिहरु महासचिव घनेन्द्रबहादुर श्रेष्ठ, होम स्टे एसोसियसन नेपालका अध्यक्ष भीम केसी र कर्णाली पर्यटन बिकास समितिका अध्यक्ष शिवराज शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

१७ मंसिर २०७३

वि.सं.२०७३ मंसिर २० सोमवार ००:०७ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...