काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १०ः२.५ अनुपातमा हकप्रद सेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ ।
जसका लागि बैंकले सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकले एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि सम्पूर्ण जिम्मा दिएकोछ । हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोछ ।
२० मंसिर २०७३, ४।३०
वि.सं.२०७३ मंसिर २० सोमवार २२:१४ मा प्रकाशित