back
NMB Ad

३३ अर्ब रकममा कति पाउलान् भूकम्प पीडितले ?

Royal Enfield Inside Page Banner

काठमाण्डौं । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई ३३ अर्ब रुपैयाँ निकासा दिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप २८ अर्ब रुपैयाँ र विद्यालय भवन पुनःनिर्माणका लागि चार अर्ब रुपैयाँ निकासा दिएको जानकारी दिए।

त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी भवन पुनःनिर्माणका लागि ७५ करोड रुपैयाँ र जग्गा मुआब्जा वितरण गर्नका लागि २५ करोड गरी कुल ३३ अर्ब रुपैयाँ निकास दिएको पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

रकम निकासासँगै सरकारी विद्यालय, सरकारी भवन तथा ग्रामीण सडक पुनःनिर्माणका लागि स्रोतसाधन परिचालन गराउन सहज हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ । पुनःनिर्माणका कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको र कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थमन्त्री महराले विश्वास व्यक्त गरे ।

२२ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर २२ बुधवार २०:०९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ   

विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ   

वि.सं.२०८१ फागुन ४ आइतवार १३:१९

काठमाडौँ : अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको...

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

वि.सं.२०८१ फागुन ४ आइतवार १२:५५

वाग्लुङ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी   

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी   

वि.सं.२०८१ फागुन ४ आइतवार १२:४९

कीर्तिपुर (काठमाडौँ) : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत...

कमलपोखरी खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो   

कमलपोखरी खाजाघर आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो   

वि.सं.२०८१ फागुन ४ आइतवार ११:३१

काठमाडौँ :  कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते...

पाथीभरा क्षेत्रमा हिमपात   

पाथीभरा क्षेत्रमा हिमपात   

वि.सं.२०८१ फागुन ४ आइतवार ११:२०

ताप्लेजुङ : गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ फागुन ४ आइतवार १०:५९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको...