back
SKIP
Prabhu Bank Road Block Ad

मध्यरातमा दश हजारभन्दा बढी भागे,हेर्नुस् यस्तो छ कारण ?

Kumari bank ad

सिरियाली सहर अलेप्पोबाट मध्यरातमा १० हजारभन्दा बढी व्यक्ति भागेका छन् । विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा जारी भीषण लडाई र भारी बमबारीको कारण ती व्यक्तिहरु भागेका मानवअधिकारवादी समूहले आइतबार जानकारी दिएको छ ।

ती व्यक्तिहरु सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो र सरकारीबलले हाल मात्र नियन्त्रणमा लिएका उत्तर र मध्यभागका जिल्लाहरुबाट भागेका ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले बताएका छन् ।

दक्षिणपूर्वी सहरका एक बासिन्दाले एएफपी समाचार समितिलाई पश्चिम अलेप्पोको सरकारको नियन्त्रणमा रहेको जिल्लाहरुबाट ठूलो सङ्ख्यामा व्यक्तिहरु भागेका देखेको बताएका छन् ।

अब्जरभेटरीका अनुसार दक्षिणपूर्वी अलेप्पोका विद्रोही र सरकारी बलबीच भारी झडप जारी रहेको छ । यद्यपी बिद्रोहीको बलियो प्रभाव रहेको इलाकामा सरकारी आक्रमण र बमबारी जारी रहेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर २६

वि.सं.२०७३ मंसिर २६ आइतवार २३:४६ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...