
काठमाण्डौं । तीन जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएको विकास बैंक हाम्रो विकास बैंकले दुई सय प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ। बैंकले एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो।
हकप्रद जारी गर्ने बारेमा बैंकले अब राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । यसका साथै अब आउने साधारणसभामा प्रस्ताव अनुमोदन भएपछि हकप्रद जारी हुनेछ । बैंकको साधारणसभा पुस २९ गते हुँदैछ। बैंकको अहिले चुक्ता पुँजी १२ करोड २३ लाख रुपैयाँ छ। हकप्रदपछि पुँजी २४ करोड ४६ लाख रुपैयाँ थपिने छ।
२९ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २९ बुधवार १७:२२ मा प्रकाशित