back

तपाईलाई थाहा छ,कहिले सेयर किन्दा लाभांश र हकप्रद सेयर पाइन्छ ?

Kumari bank ad

काठमाडौ । तपाई विगत लामो समयदेखि सेयर कारोबारमा सक्रिय हुनुहुन्छ भने कहिलेसम्म सेयर किन्दा लाभाँश र हकप्रद सेयर पाईन्छ भन्ने थाहा पाउनु भएकै होला । तर कतिपय नयाँ कारोबारमा आउनुभएकाहरुलाई थाहा नहुन सक्छ ।

हामीले बजार अध्ययनकोक्रममा सर्वसाधारणमाझ यस्ता धेरै अन्यौलता भेटेका छौं । त्यसैले बजारमा रहेका धेरै सर्वसाधारणहरुका जिज्ञाशालाई केहि हदसम्म भएपनि मेट्ने कोशिस यहाँ हुँदैछ ।

अब जाउँ कहिलेसम्म सेयर किन्नेले कम्पनीको घोषणा गरेका लाभांश वा हकप्रद सेयर पाउँछन् भन्ने सर्वसाधारणको जिज्ञासा तर्फ । वास्तवमा कुन मितिसम्म सेयर किन्नेले कम्पनीले घोषणा गरेका लाभांश, बोनस सेयर तथा हकप्रद सेयर प्राप्त गर्ने भन्ने छुट्याउने मितिलाई दर्ता किताब बन्द मिति वा सेयरको दाखिल खारेज बन्द मिति अर्थात् बुक क्लोज मिति भनिन्छ । कम्पनीले कुन मितिसम्म कायम रहेका सेयरधनीलाई साधारणसभामा सहभागी गराउने र लाभाँश, बोनस सेयर, हकप्रद सेयरजस्ता प्रतिफल प्रदान गर्ने भन्ने प्रष्ट छुट्याउनका लागि कम्पनी ऐनमा भएको व्यवस्थाअनुसार निश्चित अबधिका लागि सेयर दाखिल खारेज तथा नामसारी नहुने गरी सेयर दर्ता(नामसारी) किताब बन्द गर्न सक्नेछन् ।

यसरी दर्ता किताब बन्द भएको अबधिमा पनि सेयर खरिद–बिक्री हुने गर्छ । तर दर्ता किताब बन्द मितिभन्दा पछि सेयर खरिद गर्ने लगानीकर्ताले सम्बन्धीत कम्पनीले निश्चित मितिका लागि उक्त समयमा घोषणा गरेका लाभहरु प्राप्त गर्न सक्दैन । त्यसैले कम्पनीले घोषणा गरेका प्रतिफलहरु लिनका लागि दर्ताकिताब बन्द भएको मितिभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरिसकेको हुनुपर्नेछ ।
अर्काे खुल्दुली पनि हुनसक्छ, दर्ता किताब बन्दबारे कसरी थाहा पाउने ? यसमा तपाई चनाखो बन्दै गर्नुपर्छ । तपाई सेयर कारोबारमा हुनुहुन्छ भने पत्रपत्रिका र अनलाईन वा अरु सबै किसिमका समाचार सूचनाको नजिक रहनुपर्छ । यस्तै दर्ता किताब बन्दको सूचना पनि कम्पनीले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिरहेका हुन्छन् । त्यसबाट जानकारी लिनुपर्दछ । तपाईले यस्ता सूचना हेर्नुहोस र बुझ्नुहोस्, कम्पनीको लाभाँसका लागि दर्ता किताब बन्द मिति कम्पनीको वार्षिक साधारणसभा बस्ने सूचनामा प्रष्ट उल्लेख गरिएको हुन्छ । उक्त सूचनामा कम्पनीको सेयर दाखेल खारेजको काम कुनै एक मितिदेखि अर्काे एक मितिसम्म बन्द रहनेछ भनेर प्रष्टै उल्लेख गरिएको हुन्छ । सूचनामा जुन मितिदेखि बन्द रहनेछ भनिएको हुन्छ त्यही नै दर्ता किताब बन्द मिति हो । यो लेख पढ्दै गर्दा तपाई कुनै यस्तै सूचना ट्याली गर्दै दर्ता किताब बन्द मिति पत्ता लगाउन सक्नुहुन्छ ।

सूचनामा वार्षिक साधारण सभा बस्ने सूचनामा विशेषत साधारण सभा सम्बन्धी जानकारी भन्दै उक्त मिति उल्लेख गरिएको हुन्छ । यदि बुक क्लोज मितिभन्दा पछाडि सेयर किनिएको रहेछ भन्ने उक्त सेयर किन्नेले लाभाँस पाउँदैन । बिक्री गर्नेले लाभाँश पाउँछ । त्यसैले बुक क्लोजपछि सेयर किन्नेले लाभाँश नपाउने  कारण त्यसपछि सेयरको मूल्य पनि घट्दै जान्छ ।

यता हकप्रदका लागि कम्पनीको सूचनाको दर्ता किताब बन्द मितिभन्दा अघिल्लो दिनसम्म दोस्रो बजारबाट सेयर खरिद गरिसक्नुपर्दछ । र दर्ता किताब बन्द भएको ७ कार्यदिनभित्र कम्पनीमा नामसारीको लागि पुर्याएको हुनुपर्नेछ । तपाई सेयर कारोबारमा सक्रियरुपमा लाग्नुहुन्छ भने बजारमा प्राप्त सबै सूचनाप्रति अपडेट भइराख्नोस्, होईन भने सेयरले तपाईलाई नै पछाडि नपार्ला भन्न सकिन्न ।

प्रकाशित मितिः २०७३ पुस ३

वि.सं.२०७३ पुस ३ आइतवार ०७:२० मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...