back

जिप दुर्घटनामा छको मृत्यु, सुनकोसीमा एक बेपत्ता

Kumari bank ad

सिन्धुली। सिन्धुलीको रत्नावती गाविस–३ घाटपाखाबाट सुनकोसी नदीमा स्कार्पियो जिप खस्दा छ जनाको मृत्यु भएको छ ।

मृतकको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा एकजना भने सुनकोसीमा परी बेपत्ता भएको र दुईजना गम्भीर घाइतेको उपचारका लागि उदयपुरको घुर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सिन्धुपाल्चोक जिल्ला फुलपिङकट्टी–५ निवासी ५० वर्षीया बालामु शेर्पा तथा काठमाडौ महानगरपालिका स्वयम्भू निवासी टुकुली शेर्पाको उद्धार गरी उपचारका लागि घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरी चौकी खाङ्साङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाले जानकारी दिए ।

यस्तै, दुर्घटनामा सिन्धुपाल्चोक फुलपिङकट्टी–६ बस्ने ५० वर्षीय साङ्दो शेर्पा, फुलपिङकट्टी– ७ निवासी ५७ वर्षीय वाले शेर्पा, सोही ठाउँका ५० वर्षीय निवुटी शेर्पा, फुलपिङकट्टी–६ निवासी सर्किनी शेर्पा र स्कार्पियो चालक लमजुङको सामीभञ्ज्याङ निवासी ४५ वर्षीय झपटबहादुर गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिप सुनकोसीमा खस्दा काठमाडौ महानगरपालिका स्वयम्भू निवासी अन्दाजी ४५ वर्षीय दानेर्वे शेर्पा बेपत्ता भएका छन् । प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार थिए ।

सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न जानेक्रममा मध्यपहाडी लोकमार्गको रत्नावती गाविसमा बा १२ च ८८९७ नंको स्कार्पियो दुर्घटनामा परेको हो । जिप सडकबाट १०० मिटर तल सुनकोसीमा खसेको प्रहरीले बताएको छ ।

जिप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको स्थानीय रामप्रसाद भण्डारीले जानकारी दिए । लोकमार्ग कालोपत्र नहुँदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनास्थलमा खाङ्साङ प्रहरीचौकीलगायत अन्य नजिकका प्रहरी चौकीका प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो । घटनास्थलमा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारसहितको टोली पनि गएको छ ।

प्रकाशित मितिः २०७३ पुस ३

वि.सं.२०७३ पुस ३ आइतवार १८:३४ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...