back
SKIP
Prabhu Bank Road Block Ad

प्रतिकित्ता १०० पर्ने सेयर ५० मा उपलब्धःथोरै पुँजी भएका परिवारले जलबिद्युत्मा न्यूनत्तम १ लाखको सेयर पाउने

Kumari bank ad

काठमाडौ । थोरै पूूँजी भएका घरपरिवारका मानिसहरु बल्ल सेयर के हो भनेर चासो दिन थालेका छन् । तर अव तपाईलाई सरकारले सेयर लगानीको अवसर नै जुटाईदिने भएको छ । थोरै पुँजी भएकाहरुले जलविद्युत आयोजनामा लगानीको अवसर पाउने भएका हुन् । त्यति मात्र होइन, पैसा नै नभएका अति विपन्न परिवार समेत जलविद्युत आयोजनाको सेयरधनी हुन पाउनेछन् ।

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले दोलखाको चरिकोटमा आयोजित एक कार्यक्रममार्फत अब सरकारले जलविद्युत आयोजनाहरुमा हरेक घरपरिवारलाई कम्तीमा १ हजार कित्ता सेयरमा लगानीको अवसर दिइने घोषणा गरेका हुन् । उनले विपन्न परिवारलाई सरकारकै पहलमा बैंकबाट ऋण दिलाएर सो रकम बराबरको श्रम सो परिवारले गरे पुुग्ने नीति समेत आउन लागेको जानकारी दिए ।

उनको घोषणा अनुसार हरेक घरपरिवारले जलविद्युत आयोजनाहरुमा न्यूनतम १ लाख रुपैयाँसम्म लगानी गर्न पाउनेछन् । नेकपा माओवादी केन्द्रले दोलखाको चरिकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपैँयाको १ हजार कित्ता सेयर लगानी गर्न पाउने व्यवस्थासहितको कार्यविधि तयार भइरहेको बताए ।

उर्जामन्त्री शर्माले त्यस्तो कार्यक्रममा सहभागी हुन जनतालाई आह्वान गर्दै एक लाख रुपैयाँ एकै पटक दिन नसक्नेहरुका लागि वार्षिक २० हजारको दरले ५ वर्षसम्म भुक्तान गरिसक्ने सुविधा समेत दिने गरी नीति बनाउन लागिएको प्रष्ट्याए ।

त्यति मात्र होइन, एक लाख रुपैयाँ सेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने पनि उनले घोषणा गरेका छन् । मन्त्री शर्माले भने “लगानीसम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन, फाराम भर्नुहोला ।”

मन्त्री शर्माले अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि गरिएको जानकारी दिए । प्रति कित्ता सेयरको एक सय रुपैयाँ पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंयाँ तिरेर एक कित्ता शेयर किन्ने व्यवस्था मिलाईने उनले बताए । नेपालको पानी जनताको लगानी अन्तरतगत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको सेयर रहने नीति बनाइएको उनले प्रष्ट्याए ।

प्रकाशित मितिः २०७३ पुस ३

वि.सं.२०७३ पुस ३ आइतवार २०:०० मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...