
काठमाडौ। नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमले जानकारी दिएको छ । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ ।
डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ ५० पैसा बढेर दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ । ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।
मासिक १४ करोड रुपैयाँ नाफामा भएको बेला निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो। भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको हो । ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको छ ।
प्रकाशित मितिः २०७३ पुस ४
वि.सं.२०७३ पुस ४ सोमवार ०८:४३ मा प्रकाशित