
काठमाण्डौं । सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । हिजो आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन आज सोमबार पुनः १ सय रुपैयाँले बढ्न पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य बढ्दै प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
आज बजारमा चाँदीको मूल्य भने सामान्य ओरालो लागेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
४ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस ४ सोमवार ११:३२ मा प्रकाशित