
काठमाडौ। नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नका लागि रणनीतिक साझेदार परामर्शदातासँग सम्झौता गरेको छ । टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयनलगायत आवश्यक कार्यमा परामर्श दिनका लागि बेलायतको एनालाइसिस मेसोन लिमिटेडसँग सम्झौता गरिएको हो ।
बोलपत्रमार्फत छनोट भएको उक्त कम्पनीसँग मङ्गलबार सम्झौता भएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनालाइसिस मेसोनको तर्फबाट रोहन धमिजाले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मितिः २०७३ पुस ७
वि.सं.२०७३ पुस ७ बिहीवार १५:०५ मा प्रकाशित