
काठमाण्डौं । २५ प्रतिशत बोनस तथा २० प्रतिशत हकप्रदका लागि कैलाश विकास बैंकले एकै दिन सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले पुष १४ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सुचना जारी गरेकोछ ।
बैंकको बोनस तथा हकप्रद लिन चाहने लगानीकर्ताले पुस१३ गतेभित्र बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो । एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।
८ पुस २०७३, १०।३०
वि.सं.२०७३ पुस ८ शुक्रवार ११:५९ मा प्रकाशित