
काठमाण्डौं । सेयर लगानीकर्ता संघले छ सुत्रीय माग अघि सार्दै आगामी बुधबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रमको घोषणा गरेको छ । संघको आज सोमबार बसेको बैठकले मागहरु पुरा गराउन नेप्सेमा धर्ना दिने निर्णय गरेको हो ।
संघका अध्यक्ष उत्तम अर्यालले हस्ताक्षर गरेको बक्तब्यमा बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स दिनुपर्ने, हालका सेयर दलालहरुलाई तत्काल शाखा बिस्तार गर्न दिनुपर्ने, अनलाईन सेयर कारोबार प्रणाली यथाशीघ्र कार्यान्वयनमा ल्याईनु पर्ने, हकप्रद, बोनस, मर्जर र सुचकृत नीति स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने र गैर आवासीय नेपालीलाई पूँजी बजारमा ल्याउन पहल गर्नुपर्ने माग गरिएको छ ।
११ पुस २०७३, १२।३०
वि.सं.२०७३ पुस ११ सोमवार १३:२१ मा प्रकाशित