back

सौराहा जाने हैन त ? आजबाट सुरु भयो हात्ती महोत्सव

Kumari bank ad

चितवन । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यहाँको पर्यटकीय नगरी सौराहामा सोमबारदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । यो महोसत्व पुस १५ गतेसम्म चल्ने छ ।

नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । महोत्सवको सुरुवात गर्दै आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्‍यालीले सौराहाको परिक्रमा सहित कार्यक्रमको सुरुवात गरिएको छ ।

यसवर्ष सौराहामै पहिलोपटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना हुँदैछ । महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शृंगार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता आयोजना गरिने आयोजकले बताएका छन् ।

११ पुस २०७३, १।००

वि.सं.२०७३ पुस ११ सोमवार १४:२९ मा प्रकाशित

You can share this post!

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:३६

मन्थली (रामेछाप), १५ फागुनः रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध...

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...