back
NMB ad

छिमेकीलाई असर पार्नेगरि बनाईएका काठमाडौँ घर कामपाले भत्काउने !

Kumari bank ad

काठमाडौ। काठमाडौ महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियम विपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन् । नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिएका छन् । कामपाले एक महिनाअघि ३५ वटै वडामा नियम विपरीत निर्माण भएका घरलाई निवेदन दिनका लागि सूचना दिएको थियो ।

नक्सा पास नभएको तर नियम विपरीत निर्माण भएको घरका लागि नक्सा पास गराउन, नक्सा पास भएर पनि सोही अनुरुप निर्माण नभएकाको तथ्याङ्क राख्न र कति नक्साअनुसार निर्माण भएका छन् भन्ने कुराको जानकारी राख्नका लागि कामपाले यस्तो अभियान ल्याएको प्रमुख काफ्लेको भनाइ छ ।

यही पुस मसान्तसम्म घरधनीले कामपामा निवेदन पेस गर्न पाउनेछन् । निवेदनसँगै नागरिकले करको लालपुर्जा, कर बुझाइएको बिल तथा घरबहालमा दिएको भए त्यसको कागजपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । सहरी विकास विभाग प्रमुख इन्जिनियर राम थापाले डिल्लीबजार, बागबजार र घट्टेकुलो क्षेत्रबाट निवेदन आए पनि असन, भोटाहिटी र कान्तिपथ क्षेत्रमा बढी घर नियम विपरीतको भएको बताए । यस्तो तथ्याङ्कले भत्काउनुपर्ने घरलाई भत्काउन र आवश्यकता परे कानुनको तर्जुमा गर्नसमेत सहयोग पुग्ने कामपाले जनाएको छ ।

सामान्य नियम उल्लङ्घन गरेका बाहेक सार्वजनिक स्थानमा निर्माण भएका र छिमेकीलाई असर पुग्ने गरी बनेका घर तथ्याङ्कका आधारमा कामपाले भत्काउनेछ । कामपाले ३५ वटै वडामा निर्माण भएका घरमध्ये ८० प्रतिशत नियम विपरीत निर्माण भएको हुन सक्ने अनुमान गरेको छ ।

प्रकाशित मितिः २०७३ पुस १३

वि.सं.२०७३ पुस १३ बुधवार १५:०२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...