काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०७३ भोलिदेखि शुरु हुने भएको छ । यो मेला राजधानीको भृकुटीमण्डपमा शुरु हुन लागेको हो ।
नेपाली जुत्ताघरको आयोजनामा यस अघि ४ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भईसके पछी गत वर्षदेखि यो मेला सञ्चालनमा आएको हो । यस मेलामा जुत्ता तथा चप्पलहरुमा १५ देखी ७५ प्रतिशत सम्मको बिशेष छुटको व्यवस्था गरिएको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, टाकुरा सुज, शु ल्याण्ड, फुटल्याण्ड र ईजी सुज गरि ९ वटा ब्राण्डका जुत्ता चप्पल हरुका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डल हरु समेत उपलब्ध हुनेछन ।
यो बिगसेल मेलामा करीव २ लाखको हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव २५ दखी ३० हजार जोर जुत्ता चप्पल हरु बिक्रि हुने अपेक्षा गरिएको छ ।
१३ पुस २०७३
वि.सं.२०७३ पुस १३ बुधवार २०:३० मा प्रकाशित