back
NMB ad

अमेरिकामा अध्ययन गर्ने विद्यार्थीले अब थप डेढ वर्षको वर्क परमिट पाउने

Kumari bank ad

काठमाण्डौं । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूले थप डेढ वर्ष काम गर्न अनुमति पत्र (वर्क परमिट) पाउने भएका छन् । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ०७२ वैशाखको भूकम्पपछि अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलार्इ प्रदान गर्दै आएको सहुलियतको अवधि लम्ब्याएको हो ।

भूकम्पबाट नेपाली परिवार प्रभावित हुँदा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै यो सहुलियत दिइएको थियो ।अब यो सहुलियत मंगलबारदेखि लागू भएको छ र २४ जुन २०१८ सम्म कायम रहनेछ ।

यसअघि नेपाली विद्यार्थीहरुले सातामा २० घन्टाभन्दा बढी काम गर्न पाउँदैनथे भने क्याम्पसभित्र मात्र काम गर्न पाउँथे । तर, यो सहुलियतपछि एफ-१ भिसा लिएर नेपाली विद्यार्थीहरुले क्याम्पस बाहिर काम गर्न आवेदन दिन सक्नेछन् ।

सहुलियतका लागि नेपाली विद्यार्थीहरुले आवेदन दिनु पर्नेछ । तर, नेपालमा भूकम्प गएको दिन ९२०१५ को अप्रिल २५० वा त्यसभन्दा अघिदेखि नै अमेरिकामा पढिरहेको हुनुपर्नेछ । अमेरिकी सरकारी तथ्यांक अनुसार ९ हजारभन्दा बढी नेपाली विद्यार्थीसँग एफ–१ भिसा छ । भूकम्पको प्रभावलाई मध्यनजर गर्दै अमेरिकी सरकारले गत कार्तिकमा नेपाली आप्रवासीहरुलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’ (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो ।

१५ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १५ शुक्रवार १३:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...