back
NMB ad

नेपालका दुई कम्युनिस्ट पार्टी एक भए,अब के होला ?

Kumari bank ad

काठमाडौ। नेकपा (माओवादी क्रान्तिकारी) र कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता भएको छ । नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरेका हुन् ।

उक्त अवसरमा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिट शक्तिको एकताको खाँचो औँल्याउँदै मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

सोही पार्टीका प्रवक्ता हरिभक्त कँडेल र वामपन्थी नेता परि थापाले विभिन्न वामपन्थी पार्टीका शीर्ष नेतृत्वमा कम्युनिस्ट सिद्धान्तप्रति विचलन आएकाले पनि जनतामा कम्युनिस्ट आदर्श र विचारप्रति भ्रम सिर्जना हुँदै गएको भनी चिन्ता व्यक्त गरे ।

कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७३ पुस १७

वि.सं.२०७३ पुस १७ आइतवार १४:५७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...