back
NMB ad

निर्वाचनको मिति घोषणा गर्दै सरकार

Kumari bank ad

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक र निर्वाचनसम्बन्धी कानुन व्यवस्थापिका–संसद्मा टेबुल गर्ने प्रक्रियासँगै केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

संशोधन प्रस्तावसम्बन्धी सर्वोच्च अदालतको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको र प्रमुख प्रतिपक्षी दल तथा मधेसी मोर्चासमेत सहमतिका लागि सकारात्मक बनेकाले सबै एकताबद्ध भएर सहमतिमा जाने अवस्था आएको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने, “हिजो संविधान घोषणा गर्नु पनि कम चुनौतीपूर्ण थिएन अहिले कार्यान्वयनमा पनि उस्तै चुनौती छ, तर दलीय सहमतिका आधारमा आएकै हो, अहिले सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई पुनः सहमतिका लागि प्रेरित गरेको छ ।

प्रतिपक्षी दलले सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेकाले छिट्टै राजनीतिक सहमति जुट्छ ।” उनले भने ।

प्रधानमन्त्री दाहालले मधेसी, थारु, जनजातिलाई विश्वासमा लिएर सत्ता पक्ष र प्रतिपक्षलाई मिलाएर राष्ट्रलाई एकताबद्ध गर्दै मुलुकलाई निर्वाचनतर्फ लगेर संविधान कार्यान्वयन गर्न अघि बढेको भन्दै यसमा सबैको सकारात्मक सहयोग चाहिने उल्लेख गरे । उनले संविधान कार्यान्वयन, राजनीतिक मुद्दाका साथै विकासका काममा सरकारको मुख्य प्राथमिकता रहेकोमा जोड दिए ।

प्रधानमन्त्री दाहालले यतिबेला राजनीतिक सहमतिको सकारात्मक वातावरण बनेकाले राष्ट्रलाई एकताबद्ध गर्ने, संविधान कार्यान्वयन गर्ने र देशलाई विकासतिर लिएर जाने आवश्यकतालाई सबैले आ–आफ्नो क्षेत्रबाट अझै बढी रचनात्मक र जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७३ पुस २०

वि.सं.२०७३ पुस २० बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...